२०८३ कार्तिक २६, बिहीबार Thursday, November 12, 2026
खबर

सामुदायिक विद्यालयमा राज्यको लगानी अनुसार प्रतिफल प्राप्त हुन नसकेको-उप-सभामुख शर्मा

पोखरा भ्यूज । गण्डकी प्रदेशका उपसभामुख सिर्जना शर्माले गुणस्तरीय शिक्षाका लागि शिक्षक, अभिभावक र विद्यार्थीको त्रिकोणात्मक प्रयास आवश्यक हुने बताएकी छन ।
पोखरा महानगरपालिका वडा नं. ९ वसपार्कस्थित सहारा आधारभूत विद्यालयको २५ औ वार्षिकोत्सवका अवसरमा नवनिर्मित पक्कि भवनको बुधवार उद्घाटन गर्दै उनले सामुदायिक विद्यालयमा राज्यको लगानी अनुसार प्रतिफल प्राप्त हुन नसकेको बताईन ।
सामुदायिक विद्यालयक भौतिक पूर्वाधारमा सम्पन्न भएपनि शैक्षिक गुणस्तर कायम हुनु नसकेको उल्लेख गर्दै उपसभामुख शर्माले यसका लागि राज्यका तीनै तहका सरकार जिम्मेवार भएर लाग्नु पर्नेमा जोड दिएकी छन ।
राष्ट्रिय पुननिर्माण प्राधिकरण आयोजना कार्यान्वयन इकाईको ७७ लाख १० हजारको लागतमा दुई तल्ले चार कोठे भवन निर्माण सम्पन्न गरिएको हो । विद्यालयमा हाल दुई सय ६१ जना छात्रछाछा अध्ययनरत छन् ।
कार्यक्रममा शिक्षा निर्देशक धनश्याम पौडेलले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर कायम गर्न सवै पक्षको साथ र सहयोग आवश्यक पर्ने बताए ।
गैसस महानसंघ केन्द्रीय अध्यक्ष रामप्रसाद सुवेदीले श्रमजिवी वर्गका वालवालिकाको अध्ययनको थलोको रुपमा परिचित सामुदायिक विद्यालयको शैक्षिक उन्नयनका लागि शिक्षकको भूमिका महत्वपूर्ण हुने विश्वास व्यक्त गरे ।
प्रधानाध्यापक लोचना अधिकारीले विद्यालयको बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै शिक्षा महाशाखा एवम् डायल नेपालद्धारा व्यवस्था गरिएको दिवाखाजा कार्यक्रले विद्यार्थीको संख्यामा बृद्धि गर्न सहयोगि बनेको बताएकी छन ।
विद्यालयको भौतिक एवम् शैक्षिक क्षेत्रमा सहयोग गर्ने नन्दराम गिरी, पूर्णबहादुर गुरुङ, गैससका केन्द्रीय अध्यक्ष रामप्रसाद सुवेदी, विक्रम थकालि, केशवबहादुर थापा, निर्माण व्यवसायि लिलकाजी गुरुङ, रुपा केसी, दुर्गा बहादुर गुरुङ, पूर्णकुमार श्रेष्ठ, विद्यालयका प्रधानाध्यापक लोचना अधिकारी, प्रेमबहादुर गुरुङ, सुरज परियार, रामप्रसाद पौडेललाई कदरपत्रले सम्मान गरिएको थियो ।
कार्यक्रममा विद्यालयका छात्रछात्राले विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…