२०८३ कार्तिक २६, बिहीबार Thursday, November 12, 2026
खबर

कास्कीमा गठबन्धनमा रहेका क्रियाशील राजनीतिक दलका नेतृत्वको संयुक्त बैठक सम्पन्न

पोखरा भ्यूज

पोखरा । आगामी स्थानिय तहको निर्वाचनमा सत्तारुढ दलहरुविच तालमेल गर्ने सहमती भएसंगै कास्कीमा पनि यसको तयारी गरिएको छ । स्थानीय तहको निर्वाचनका सन्दर्भमा केन्द्रीय गठबन्धनमा रहेका कास्कीमा क्रियाशील राजनीतिक दलका नेतृत्वको संयुक्त बैठक सोमवार नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालको अध्यक्षतामा सम्पन्न भएको छ । बैठकले कास्कीका ५ वटा पालिका र समन्वय समितिमा समेत चुनावी तालमेल गर्ने निर्णय गरेको छ । जिल्ला स्थित ५ वटा पालिका र ७२ वटा वडामा पनि चुनावी तालमेल गर्ने सम्बन्धमा सम्बन्धित तहमा गठबन्धनमा रहेका दलहरुको संयुक्त बैठक बस्ने र संयुक्त संयन्त्र निर्माण गरि आवश्यक गृहकार्य गर्ने निर्णय गरेको आसन्न स्थानीय निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट पोखरा महानगरपालिकाको प्रमुखको आकांक्षी समेत रहेका कास्की कांग्रेसका जिल्ला सदस्य गंगाधर पराजुलीले जानकारी दिए ।
यसै गरि गठबन्धनमा रहेका दलहरुबिच एकता सम्मान र हार्दिकताको भावना वृद्धि गरि आसन्न स्थानीय निर्वाचनमा सहकार्य र अपनत्वको भावना सहित अगाडी बढ्ने निर्णय गरिएको पराजुलीले बताए ।
यसका साथै आसन्न निर्वाचनमा जिल्ला, पालिका र वडा स्तरमा दलगत अवस्थाका बारेमा प्रतिवेदन तयार गर्न कास्कीमा गठबन्धनमा रहेका दलका प्रमुख र थप एक जना रहने गरि १० सदस्यीय कार्यदल गठन गर्ने निर्णय गरेको छ ।
बैठकमा नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बराल एवं सदस्यहरु गंगाधर पराजुली र बाबुराम गिरी, माओवादी केन्द्रका अध्यक्ष बखानसिंह गुरुडं र विश्व प्रकाश लामिछाने, नेकपा एकीकृत समाजवादीको तर्फबाट अध्यक्ष धनराज आचार्य सहित होम नेपाली र झपिन्द्र रेग्मी, राजमोको तर्फबाट अध्यक्ष रविमोहन ढकाल, संघीय समाजवादीको तर्फबाट अध्यक्ष गिरी प्रसाद गुरुडं र नारायण भण्डारी सहित सहभागी रहेका थिए ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…