106Shares

१९ बैशाख, अन्नपूर्ण, कास्की । नेपाली कांग्रेस अन्नपूर्णले गाउँ केन्द्रित चुनावी प्रचारप्रसार अभियानलाई तिव्रता दिएको छ । आसन्न स्थानीयतहको निर्वाचनका लागि नेपाली काँग्रेसका उम्मेदवार जनतासँग घरदैलो भेटघाटमा व्यस्त देखिएका छन् ।
अन्नपूर्ण गाउँपालिकामा वडा नं ७ माझ गाउँमा, टेल्का, भिचुक लगाएतका ठाउँमा नेपाली काँग्रेसका तर्फबाट पालिका प्रमुख, उप प्रमुख वडाअध्यक्ष सदस्य पदका प्रत्याशी उम्मेदवार सहितका नेता तथा कार्यकर्ताहरु मतदातासँग मत माग्न घर घरमा पुगेका हुन् । मतदाताका गुनासा र मतदातासँग अन्तरकृया गर्दै उम्मेदवारहरु मत मागि रहेका छन् ।

काँग्रेसबाट अन्नपूर्ण गाउँपालिका प्रमुख र उप प्रमुखका उम्मेदवार रहेका युवराज कुँवर र खिमकुमारी गुरूङले जनताका समस्या समाधान गर्ने र शैक्षिक सुधार, सडक, खानेपानी, विद्युत लगायतका कार्य गर्ने गरी पार्टीका उम्मेदवारलाई मत माग्न थालेको नेपाली काँग्रेस अन्नपूर्ण गाउँपालिकाका सभापति एवं चुनाव प्रचार प्रसार समितिका संयोजक मनपति भण्डारीले बताए ।
२०७४ को स्थानीय तहमा वडा नं ७ मा एमालेले वडाध्यक्षमा जित हासिल गरेको थियो ।
उम्मेदवारहरुले प्रत्येक मतदाताको घर घरमा र खेतबारीमा समेत मत माग्न थालेका छन् । घरमा नभेटिएका मतदाताई खेतबारीमा नै गएर मत माग्ने गरेको नेपाली काँग्रेसका पूर्वमहाधिवेशन प्रतिनिधी एवं नेपाली कांग्रेस गण्डकी प्रदेशका प्रसारप्रचार समितिका सदस्य सचिव समेत रहेकास्थानीय नेता राजबहादुर गुरूङको भनाई छ ।
पाँच वर्ष सम्म एमालेको नेतृत्व रहेको यस वडामा जनता लक्षित काम गर्न नसकेको आरोप सहित जनतालाई नेपाली काँग्रेसलाई मत दिन आव्हान गरिएको नेपाली कांग्रेसका महासमिति सदस्य एवं नेपाली कांग्रेस कास्कीका पूर्व उपसभापति आईबहादुर गुरूङले बताए ।

नेपाली कांग्रेस कास्की क्षेत्र नं ३ का सभापति मनोज गुरूङले अन्नपूर्णको समुन्नत विकासको लागि नेपाली कांग्रेसका उम्मेदवारलाई जिताउन सबैलाई आग्रह गरेका छन् ।
महाधिवेशन प्रतिनिधि एवं नेपाली कांग्रेसका नेता पोषनाथ शर्माले कुन पार्टीलाई भोट हाल्दा मुलुकमा शान्ति हुनसक्छ, बिकास हुनसक्छ, जनताको आर्थिक उन्नती, समृद्धि हुनसक्छ भन्ने कुरा २१ औंै सताब्दिका जनताले बुझिसकेको हुँदा गफ मात्र गर्नेहरुलाई जनताले पाखा लगाउने बताए ।
कार्यक्रममा लोकतांत्रिक खेलकुद संघका केन्द्रीय अध्यक्ष देवेन्द्र शेरचनले जनताको वास्तविक समस्या बुझ्ने पाटी नेपाली काँग्रेस भएको बताउदै काँग्रेस जे बोल्छ, त्यही गर्छ र जे गर्न सकिन्छ त्यहि मात्र बोल्ने पाटी भएका ेहुँदा नेपाली काँग्रेसका उम्मेदवारलाई अमूल्य मतदान गरी विजय गराउन अनुरोध गरे ।
वडाध्यक्षका उम्मेदवार कमल गुरूङले वडामा हाम्रो नेतृत्व नहुँदा वडामा स्थानीयले खोजे जस्तो काम हुन सकेन, अवसर पाए काम गरेर देखाउँने प्रतिबद्वता व्यक्त गरे ।
वडा सभापति चित्रबहादुर गुरूङ लेकालीको अगुवाई सम्पन्न कार्यक्रममा वडा सदस्य होमबहादुर थापा, गौप्रसाद गुरूङ, ढाटी गुरूङ र लक्ष्मी थापा विक लगाएतले मतदाता समक्ष अमूल्य मत दिई विजयी गराउन आग्रह गरेका थिए ।

106Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected