२०८३ कार्तिक २७, शुक्रबार Friday, November 13, 2026
खबर

गलेश्वर मगर समाज पोखराले जनप्रतिनिधिलाई बधाई तथा सम्मान

पोखरा भ्यूज । गलेश्वर मगर समाज पोखराले नव निर्वाचित जनप्रतिनिधिलाई बधाई तथा सम्मान कार्यक्रमको आयोजना गरेको छ। समाजले शनिवार पोखरा महानगरपालिका वडा नं -१५ का नवनिर्वाचित जनप्रतिनिधिहरूलाई बधाई तथा सम्मान कार्यक्रमको आयोजना गरेको हो।

सम्मान ग्रहण गर्दै वडाध्यक्ष तोरण बहादुर बानियाँले स्थानीय तहको निर्वाचनमा अमूल्य मतले विजयी बनाउँदै १५ नं वडाको नेतृत्व तहमा पुर्‍याएको भन्दै कृतज्ञता व्यक्त गरे। उनले विकास र परिवर्तनका लागि वडा नं -१५ लाई हाम्रो वडा, राम्रो वडा, समुन्नत नागरिकहरू बस्ने वडा र सबैले अपनत्व गर्न सक्ने वडा बनाउने अभियानमा रहेको भन्दै यस अभियानलाई सफल बनाउन, योजनाहरूलाई सफल बनाउन आफूहरू ५ जना मात्रै लागेर नहुने भन्दै सबैको साथ समर्थन र सहयोगको आवश्यकता रहने बताए। उनले हाम्रा रीतिरिवाज र परम्परालाई भुल्न नहुने र त्यसलाई पनि सँगसँगै लैजानु पर्ने भन्दै समाज परिवर्तन र देशको विकासका लागि सबै जातजाति, भाषी र धर्म मान्ने मानिस एकै ठाउँमा आउनुपर्ने बताए। साँच्चिकै समाज बनाउनका लागि साझा सङ्कल्प बोकेर अगाडी बढ्नु पर्नेमा उनको जोड थियो।

पोखरा -१५ का वडा सदस्य तथा गलेश्वर युवा क्लबका अध्यक्ष आशिष भण्डारीले गलेश्वर चोक क्षेत्रमा विभिन्न जातजाति र भाषाभाषिका मानिस मिलेर बसेको बताए। उनले हिजोका दिनमा पिछडिएको ठाउँ भनेर चिनिने गलेश्वर क्षेत्रमा आज पोखरा महानगरको ३३ वटा वडा मध्यकै नमुना पार्कको रूपमा स्थापना भएको बताउँदै यो पार्क नै आज गलेश्वरवासीको चिनारी भएको बताए। आगामी दिनमा वडाले ल्याएको विभिन्न कार्यक्रममा समाजलाई सहभागी गराउँदै यस समाजको लागि आवश्यकता परेको खण्डमा सहयोग गर्ने उनले वचन दिए।

यस्तै, कार्यक्रममा बोल्दै कार्यपालिका सदस्य मन्दिरा परियारले महिलाको आवाज सुन्नको लागि नै आफूहरू वडामा रहेको बताइन्। उनले महिला दिदीबहिनीका समस्या वडा कार्यालयमा लिएर आउन आग्रह गर्दै वडाले दिएको तालिमलाई उपयोग गर्दै त्यसको प्रतिफल लिन समाजका महिला दिदीबहिनीहरूलाई आग्रह गरिन्।

शुभकामना मन्तव्य राख्दै समाजका निवर्तमान अध्यक्ष दिल बहादुर थापाले उपस्थित सबैलाई स्वागत गरे। उनले मानिस सामाजिक प्राणी भएको कारण विभिन्न परिस्थिति आइपर्न सक्ने भन्दै एकताबद्ध भएर लाग्नुपर्ने बताए। एकता भए कठिन काम गर्न सरल र सफल हुने भन्दै आफ्नो संस्कृति, भेसभुसा र रीतिरिवाजलाई जोगाउनु पर्ने उनको धारणा थियो ।

यस्तै समाजका अध्यक्ष हिमाल आलेले ढिलै भए पनि जनप्रतिनिधिहरूलाई सम्मान गर्न पाउँदा खुसी लागेको बताए। समाजलाई पहिलो आवश्यकता समाज घरको रहेको भन्दै त्यसको समाधानका लागि थोरै बजेटमा वडा भित्र मिल्ने स्थानमा जग्गा उपलब्धका लागि पहलका गरिदिन उनले जनप्रतिनिधिहरूलाई आग्रह गरे। साथै, वडाबाट सिप विकासका लागि आउने तालिममा आफ्नो समाजलाई पनि सहभागी गराउन उनले आग्रह गरे।

कार्यक्रमको समापन गर्दै सभापति तथा गलेश्वर मगर समाजका संस्थापक अध्यक्ष सोभिताबहादुर सारूले जनप्रतिनिधिहरूलाई सफल कार्यकालको शुभकामना दिए। गलेश्वर समाज भर्खर-भर्खर मात्र स्थापना भएको कारण हाल आर्थिक तथा भौतिक समस्यामा रहेको उनले गुनासो सुनाए।

कार्यक्रमको सञ्चालन समाजका सचिव मिरा बुढाले गरेकी थिइन्। भने, मगर समाजको स्थापनाका लागि योगदान दिएका समाजका विभिन्न सदस्यहरूलाई सम्मान गर्नुका साथै छोटो सांस्कृतिक कार्यक्रम राखिएको थियो।

Read more

पोखरामा मंसिर ५ र ६ गते कांग्रेस गण्डकीको दोस्रो अधिवेशन, देउवाले उद्घाटन गर्ने

१ हजार ६ सयभन्दा बढी प्रतिनिधि सहभागी हुँदै, अधिवेशनका लागि २५ लाख खर्च अनुमान पोखरा, कात्तिक २७ । नेपाली कांग्रेसको नियमित १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशको दोस्रो अधिवेशन आगामी…

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…