40Shares

पोखरा भ्यूज

पोखरा मानवीय सेवामा समर्पित लायन्स क्लब अफ पोखरा अभियानले पोखरा२६ मा रहेको अमरज्योती आधारभूत बिधालयमाअभियान छात्रबृति अक्षयकोषस्थापना गरेको

लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालको सशक्त क्लब पोखरा अभियानद्वारा विद्यालयमा ५० हजार रूपैयाँको अक्षयकोष स्थापना गरेको हो

सो अवसरमा क्लबले बिधालयलाई थान कम्प्यूटर, थान ल्यापटप सहित विद्यार्थीलाई बिधालय पोशाक पनि बितरण गरेको क्लबका संस्थापक निर्देशक मनबहादुर परियार सनिसरा परियारको १४ औं बैवाहिक बर्षगाँठको दिनको अवसर पारी बिधार्थीलाई बिधालय पोशाक हस्तान्तरण गरिएको हो

वि. २०४४ सालमा स्थापना भएको अमरज्योती आधारभुत विद्यालयमा अधिकांश दलित समुदायका विद्यार्थी अध्ययनरत छन् उक्त विद्यालयमा हाल ३० जना विद्यार्थी अध्ययनरत रहेका बिधालयका प्रधानाध्यापक सत्यदेवी बरालले जानकारी दिईन

विद्यालयमा अक्षयकोष रकम, कम्प्यूटर बिधालय पोशाक हस्तान्तरण गदै कार्यक्रमका प्रमुख अतिथी तथा लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट गभर्नर राम बसेलले लायन्स क्लव अफ पोखरा अभियानले स्वास्थ्य शिक्षाका क्षेत्रमा उल्लेख्य काम गदै आएको बताउदै यस्ता सुन्दरकार्यको निरन्तरताका लागि अनुरोध गरेका छन गभर्नर बसेलले विद्यालय तहमा शिक्षा राम्रो दिन सकियो भने विद्यार्थीको भविष्य उज्जवल हुने बताए

आधुनिक तथा प्रविधि युगमा बिधार्थीलाई कम्प्युटर प्रयोगको बारेमा जानकारी होस थप पठनपाठनमा सहयोग पुगोस भन्ने उद्देश्यले उक्त सामग्री बितरण गरेको क्लबका संस्थापक अध्यक्ष एवं डिष्ट्रिक्ट ३२५ आई नेपालका द्वित्तिय भाईस डिष्ट्रिक्ट गभर्नर बिनोद ढुङगानाले जानकारी दिए

सामाग्री बुझ्दै बिधालय व्यवस्थापन समितिका अध्यक्ष बद्रीनाथ बराल प्रधानाध्यापक सत्यदेवी बरालले लायन्स क्लबलाई धन्यबाद दिदै बहुमूल्य सामाग्री दियर गुन लगाएकोमा आभार व्यक्त गरेका थिए  प्राप्त सहयोग पूर्णरूपमा सदुपयोग गरी सबै बिधार्थीले प्रत्यक्ष प्रयोग गर्न सक्ने वातावरण बनाउने प्रतिवद्वता समेत व्यक्त गरेका थिए जोन चेयरपर्सन एवं बिधालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष बद्रीनाथ भण्डारीले यस सहयोगले बिधार्थीलाई पठन पाठनमा सहज पुग्ने बताए

बिधालयको प्राङ्गणमा सम्पन्न कार्यक्रममा अभिभावक, बिधार्थी, जनप्रतिनिधि, पत्रकार लगायतको सहभागितामा उक्त सामग्री हस्तान्तरण गरिएको थियो

लायन्स क्लब अफ पोखरा अभियानका अध्यक्ष कृष्ण लम्साल, पूर्व अध्यक्ष प्रेम दाहाल लगाएतले क्लबको सानो सहयोगले बिधालयसँग सम्बन्ध स्थापित गर्नमा सहयोग पुगेको बताउदै सहयोग स्वीकार गरेकोमा बिधालय परिवारप्रति आभार व्यक्त गरेका थिए  सो अवसरमा क्लबका अध्यक्ष कृष्ण लम्सालले डिष्ट्रिक्टको भवन निर्माणको लागि क्लबको तर्फबाट लाख रूपैया डिष्ट्रिक्ट क्याविनेट ट्रेजरर सूर्यनारायण बराललाई उपलब्ध गराएका थिए

40Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected