२०८३ कार्तिक २६, बिहीबार Thursday, November 12, 2026
खबर

माछापुच्छ्रे बैंक र बिन्ध्यवासिनी धार्मिक क्षेत्र विकास बिच क्युआर हस्तान्तरण

पोखरा भ्यूज

पोखरा २२ साउन । माछापुच्छ्रे बैंक र बिन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समिति बिच क्युआर कोड हस्तान्तरण भएको छ । आइतबार बैंकका सिइओ सन्तोष कोइरालाले बिकास समितिको क्युआर स्क्यान गरी उद्घाटन गरे ।

बिन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष सुर्यप्रसाद सुवेदीले समितिले गरेको समाजिक कामको बारेमा जानकारी दिदै बित्तिय र धार्मिक क्षेत्र बिच सहकार्य गर्न पाएको भन्दै खुसी ब्यक्त गरे । उनले मन्दिरमा संकलन हुने भेटि अब क्युआर कोड मार्फत संकलन हुँदा थप सहजता हुने बिश्वास ब्यक्त गरे ।

कार्यक्रममा नेपाल राष्ट्र बैंक पोखराका निर्देशक डा.रामशरण खरेलले कागजी नोट छाप्ने प्रक्रिया लामो भएको बताउँदै हाल डिजिटल बैंकिङ कारोबारले सजिलो बनाएको बताए । उनले बिन्ध्यवासिनी धार्मिक क्षेत्रले पनि दक्षिणालाई डिजिटल डिसप्ले मार्फत देखाएमा अझै प्रभावकारी हुने बताए ।

बैंकका सिइओ कोइरालाले नेपाल भरीका मठ मन्दिरमा क्युआर कोड राख्ने अभियान भएको बताउँदै त्यसै अनुरुप बिन्ध्यवासिनी धार्मिक क्षेत्रमा पनि अभियान शुरु भएको जनाए । उनले यस अगाडि पनि मन्दिर सगँको सहकार्यमा जोडिएको बताउँदै आगामी दिनमा पनि निरन्तर सहकार्य हुने बताए । क्युआर स्क्यान मार्फत दक्षिणा प्रदान गर्दा पारदर्शिता हुने उनको भनाइ थियो ।

बैंकका डिजिटल चिफ माधव सुवेदीले बैंकले डिजिटल प्रबिधिलाई देशै भरी हरेक क्षेत्रमा बिस्तार गर्दै आएको र त्यसै अनुरुप विन्ध्यवासिनीमा पनि शुरुवात भएको बताए ।

कार्यक्रममा बैंकका सस्थापक सञ्चालक एवं स्वर्गीय सुर्यबहादुर केसीकी श्रीमति प्रेम कुमारी केसी, बैंक सञ्चालक बन्दना कार्की, सशस्त्र प्रहरीबलका बरिष्ठ प्रहरी उपरिक्षक सुरेश श्रेष्ठ वडा नम्बर १ र २ वडा अध्यक्ष सहारा प्रधान र दिवसमान प्रधानाङ्ग लगायतले बोलेका थिए ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…