2Shares

पोखरा, २२ साउन । पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा अर्जुन पोखरेलले उम्मेदवारी दिने भएका छन् । उनले आइतबार पत्रकार सम्मेलनमा गर्दै आगामी कार्यकालका लागि अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

संघको ३४ औं महाधिवेशन नजिकिदै गर्दा नयाँ नेतृत्वका लागि पोखरेलले उम्मेदवारी घोषणा गरेकाहुन् । महाधिवेशन यही भदौ २४ र २५ गते हुँदैछ । पोखरेल बर्तमान कार्यसमितिमा वाणिज्य तर्फको उपाध्यक्ष छन् । संघमा कार्यसमिति सदस्य, उपमहासचिव, महासचिव हुँदै उनी हाल वाणिज्य उपाध्यक्ष रहेकाछन् ।

सम्पूर्ण उद्योगी, व्यवसायीलाई समेटेर आफूले संघको नेतृत्व गर्ने पोखरेलले बताएका छन्। आफूले संघमा निरन्तर संघर्ष गरेर काम गरिरहेको बताउँदै पोखरेलले सबैको साथबाट अध्यक्ष बन्ने विश्वास व्यक्त गरेका छन् । उनले आफ्ना ८ बुँदे प्रतिबद्धतासहित उम्मेदवारी सार्वजनिक गरेका हुन् ।

बिज्ञप्तीको पूर्ण पाठ

2Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected