२०८३ कार्तिक २६, बिहीबार Thursday, November 12, 2026
खबर

१७ बुंदे घोषणापत्र अक्षरस कार्यान्वयन हुन्छः पवनकुमार प्रजापति समूह

पोखरा, २२ भदौ ।  पवनकुमार प्रजापति समूहले उद्योगी व्यवसायीहरुको लागि समर्पित भएर लाग्ने प्रतिबद्धता जनाएको छ । बुधबार पोखरा उद्योग वाणिज्य संघको आयोजनामा भएको उम्मेदवार परिचय कार्यक्रममा बोल्दै अध्यक्ष प्रत्यासी पवनकुमार प्रजापतिसहित सम्पूर्ण पदाधिकारी र सदस्यहरुले आफ्नो प्रतिबद्धता सुनाएका हुन् । परिचय कार्यक्रममा उनीहरुले संघको गरिमा र उद्योगी व्यवसायीहरुको समस्या समाधानमा सदैव लाग्ने भन्दै आफ्नो समूहको पक्षमा मत मागेका थिए ।

पोखरा उद्योग वाणिज्य संघको आसन्न ३४ औँ महाधिवेशनमा आफ्नो प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका अध्यक्ष प्रत्यासी पवनकुमार प्रजापतिले १७ बुंदे घोषणापत्रमा उल्लेख सबै प्रतिबद्धताहरु अक्षरस कार्यान्वयन गर्ने बताए । म महासंघमा लामो समयदेखि विभिन्न पदमा रहेर काम गर्दै आएको छु । र, उद्योगी व्यवसायीहरुको समस्याप्रति मैले यसअगाडि पनि गम्भिर भएर काम गर्ने गरेको छु । यो पटक मैले अध्यक्षमा उम्मेदवारी दिईरहँदा अझै बढि जिम्मेवार भएर उद्योगी व्यवसायीको पक्षमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु । प्रजापतिले भने सबै उद्योगी व्यवसायीहरुलाई म लगाएत मेरो टिममा रहेका पदाधिकारी र सदस्यहरुलाई मत दिएर जिताउन अनुरोध पनि गर्दछु ।

त्यस्तै वरिष्ठ उपाध्यक्षका प्रत्यासी गोकर्ण कार्कीले सबैभन्दा उपयुक्त नेतृत्वलाई आफूहरुले समर्थन गरेर प्यानल बनाएको उल्लेख गर्दै समूहमा रहेका सबैजना संघका लागि आवश्यक र सक्षम व्यक्ति भएको दाबी गरे । उपाध्यक्ष उद्योग तर्फका उम्मेदवार हिरामणी पण्डितले संघका लागि सोँच्ने र काम गर्ने नेतृत्वसहितको समूहलाई रोज्न मतदाताहरुसमक्ष आग्रह गरे । वाणिज्यतर्फ उपाध्यक्षमा उम्मेदवारी दिएका उत्तममान बुद्धाचार्यले संघको समुन्नत विकासका लागि पवनकुमार प्रजापति समूह नै सबैभन्दा उत्कृष्ट समूह भएको बताए ।

प्रजापति प्यानलबाट महासचिव पदमा उम्मेदवारी दिएका बलराम आचार्यले संघको गरिमा कायम गरि आर्थिक स्रोत बढाउन आफूहरुलाई जिताउन आग्रह गरेका थिए । त्यस्तै कोषाध्यक्ष पदका उमेदवार दिनेशचन्द्र बाँस्तोलाले संघको आर्थिक स्रोत विकासमा आफूहरु दत्तचित्त भएर लाग्ने प्रतिबद्धता सुनाए । उपमहासचिव पदमा उम्मेदवारी दिएकी शोभा गौतमले संघलाई समानुपातिक र व्यवस्थित गराउन आफूहरुले उम्मेदवारी दिएको बताईन् ।

पवनकुमार प्रजापति समूहबाट सदस्य पदका लागि उम्मेदवारी दिएका प्रभा सुवेदी, बालकृष्ण कोईराला, बिनोद केसी, भीम गौतम, मनोजकुमार श्रेष्ठ, यमनाथ तिमिल्सिना, रामचन्द्र शर्मा, ललितबहादुर कुँवर, सुदीप ओझा र सुदीप प्रधानांगले आ आफ्ना प्रतिबद्धताहरु सुनाएका थिए । प्रजापति समूहबाट सदस्य पदमा उम्मेदवारी दिएका सुदीप ओझाले भने आफू आइटी क्षेत्रको व्यवसायी भएकोले संघलाई प्रविधिमैत्री बनाउन आफूले भुमिका खेल्ने बताए ।

भदौको २४ र २४ गते पोखरा उद्योग वाणिज्य संघको ३४ औँ महाधिवेशनमा प्रजापति समूहलाई अधिकांश उद्योगी व्यवसायीहरुले समर्थन जनाएको चुनाव प्रसार सचिवालयले जनाएको छ ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…