२०८३ कार्तिक २६, बिहीबार Thursday, November 12, 2026
खबर

दसैं र तिहारलाई लक्षित गर्दै उपभोग्य सामग्रीमा छुट दिन व्यवसायीहरुसँग आग्रह

पोखरा, ३० भदौ । पोखरा उद्योग वाणिज्य संघले दसैं र तिहारलाई लक्षित गर्दै  उपभोग्य सामग्रीमा छुट दिन व्यवसायीहरुसँग आग्रह गरेको छ ।
अध्यक्ष पवनकुमार प्रजापतिले संघ अन्तर्गत रहेका विभिन्न बस्तुगत संघहरुका अध्यक्ष र प्रतिनिधिहसँगको बिहीबार भएको बैठकमा सो आग्रह गरेका हुन् । ‘ चाडवाडमा सहुलियत दरमा उपभोग्य सामग्री बिक्री–बितरण गर्दा व्यवसायी र उपभोक्ताबीचको सम्बन्ध सुमुधुर हुन्छ’,उनले भने,‘त्यसले व्यवसाय विस्तारमा पनि सघाउँछ, सामाजिक उत्तरदायित्व पनि बहन हुन्छ ।’
अध्यक्ष प्रजापतिले स्वच्छ व्यवसाय गर्न तथा चाडवाडलक्षित अनुगमनलाई सघाउन पनि व्यवसायीहरुसँग आग्रह गरे । अनुगमनको नाममा हुने अनावश्यक धरपकड भने अस्वीकार्य हुने उनको भनाइ छ । बस्तुगत संघका अध्यक्ष तथा प्रतिनिधिहरुलाई आफ्ना समस्याहरुबारे जानकारी दिन आग्रह गर्दै उनले भने,‘पोखरा उद्योग वाणिज्य संघ हरेक व्यवसायीका समस्या समाधान गर्न प्रयत्नशील छ तर ती समस्याबारे हामीलाई जानकारी दिनुहोस् ।’उनले तालिम र गोष्ठीको माध्यमबाट व्यवसायीहरुको क्षमता अभिवृद्धि गर्ने उद्घोष पनि गरे ।
कार्यक्रममा बोल्दै संघका निवर्तमान अध्यक्ष नारायण कोइरालाले व्यवसायीहरुको सरोकार रहेको घरभाडा,न्यून विजीकरण,बैंक व्याजलगायतका समस्याहरुबारे संघले निरन्तर पैरवी गरिरहेको जानकारी गराए । उनले वैधानिक तरिकाले व्यवसाय गर्नेहरुको सुरक्षा पोखरा उद्योग वाणिज्य संघको पहिलो प्राथमिकता रहेको बताउँदै भने,‘व्यवसायको नाममा इस्टमेट लेखिएको कागजमा बिल काट्नेहरुको संरक्षण भने गर्न सकिँदैन ।’
महासचिव बलराम आचार्य र वाणिज्य उपाध्यक्ष उत्तममान बुद्धाचार्यको संचालनमा रहेको सो कार्यक्रममा आफ्ना धारणा राख्दै संघका वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्कीले चाडवाड लक्षित सुव्यवस्थित बजार पोखरा उद्योग वाणिज्य संघको चाहना भएको बताए । उनले चाडवाडको बेला हुने बजार अनुगमनको नाममा व्यापारीको मानमर्दन नगर्न प्रशासनसँग आग्रह पनि गरे ।
छलफल कार्यक्रममा बोल्दै कास्की पोखरा हस्तकला संघकी उपाध्यक्ष तथा संघकी पूर्वकार्यसमिति सदस्य सीता गुरुङले कच्चा पदार्थको मूल्य बढ्दा हस्तकला उद्योग संकटमा परेको बताइन् । उनले बस्तुगत संघको अभिभावकत्व ग्रहण गर्न संघलाई आग्रह गरिन् । पोखरा हार्डवयर एसोसियनका अध्यक्ष शेषकान्त ढकालले चाडवाडमा अखाद्य बस्तुको बिक्री–वितरण नगर्न व्यवसायीहरुसँग आग्रह गरे । अधिकृत बिक्रेता संघ पोखराका अध्यक्ष अनिल श्रेष्ठले माल ढुवानी गर्ने साधनको स्वरुप बिगारेको आरोपसहित आफूहरुमाथि  प्रहरी प्रशासनले अनावश्यक दुःख दिएको गुनासो गरे । बढ्दो ट्राफिक अव्यवस्थालाई कम गर्न थोक बिक्रेताहरुले साना गाडी प्रयोगमा ल्याएको र खाद्य सामग्रीको सुरक्षाको लागि छत र सामान निकाल्ने ढोका राख्दा समस्यामा पारिएको उनको भनाइ थियो । पृथ्वी होटल संघका अध्यक्ष बालकृष्ण न्यूरेले घरबहाल करलाई एकीकृत सम्पत्ति करसँगै उठाउने व्यवस्था हुनुपर्ने माग गरे । साँघुमुख महेन्द्रपुल व्यवसायी संघका अध्यक्ष रामचन्द्र तिमिल्सिनाले पोउवा संघले आयोजना गर्ने मेलामा स्थानीय उत्पादनको प्रदर्शनी र बिक्री हुनुपर्ने माग गरे । पोखरा फेब्रिकेटर्स एसोसियसनका अध्यक्ष विश्वप्रकाश श्रेष्ठले नेपालको कर नीति राजश्व संकलनमा मात्रै केन्द्रीत भएकाले त्यसमा सुधार जरुरी भएको बताए । नेपाल सुनचाँदी तथा रत्न आभुषण संघका अध्यक्ष रामबहादुर विश्वकर्माले राजधानी बाहिरका व्यवसायीहरुले काँचो सुन नपाएको गुनासो गरे । बगर व्यवसायी कल्याणकारीका अध्यक्ष प्रकाश बास्तोलाले पोखरा उद्योग वाणिज्य संघले बस्तुगत संघ र सरकारबीच पुलको काम गरोस् भन्ने कामना व्यक्त गरे । पशुपंक्षी तथा औषधि व्यवसायी संघ कास्कीका अध्यक्ष टीकाराम सापकोटाले सहकार्यले मात्रै समृद्धि हाँसिल हुने बताए । मुद्रण उद्योग संघ कास्कीका अध्यक्ष गिरबहादुर श्रेष्ठले मुद्रण उद्योगमा दक्ष जनशक्ति अभाव भएको बताउँदै जनशक्ति उत्पादनमा लाग्न संघसँग अनुरोध गरे । पोखरा महानगर चेम्बर अफ कमर्सका अध्यक्ष सविन जिसीले दसैंको बेला सरकारी तवरबाट दिइने छुटहरु काठमाडौं केन्द्रीत भएको गुनासो गरे । पोखरा भाँडा व्यवसायी संघका अध्यक्ष पविन्द्र पालिखेले नक्सा पास नभएका घर टहरा भत्काउने महानगरको निर्णयले केही व्यवसायीहरु समस्यामा परेको जानकारी गराए । पुस्तक तथा स्टेसनरी व्यवसायी संघका अध्यक्ष बैकुष्ठ पौडेलले अहिले व्यवसाय प्रवद्र्धनभन्दा पनि सुरक्षा मुख्य चुनौती भएको धारणा राखे । पोखरा उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य बालकृष्ण कोइरालाले आउँदो दसैं र तिहारमा खाना पकाउने एलपीजी ग्यासको अभाव हुन नदिने प्रतिवद्धता व्यक्त गरे । बैठकमा सहभागी बस्तुगत संघका अध्यक्ष र प्रतिनिधिहरुले आ–आफ्नो संस्थाबाट औपचारिक निर्णय गर्दै चाडवाड लक्षित छुटका कार्यक्रम ल्याउने प्रतिवद्धता व्यक्त गरेका थिए ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…