२०८३ कार्तिक २६, बिहीबार Thursday, November 12, 2026
खबर

लायन्स डिष्ट्रिक्ट ३२५ आईद्वारा चाडवाड लक्षित शुभकामना आदान प्रदान सम्पन्न

पोखरा, ११ असोज । वडा दशैं, शुभ दीपावली, नेपाल सम्मत् तथा छठ पर्वको अवसर पारेर लायन्सले सोमवार पोखरामा शुभकामना आदन प्रदान कार्यक्रम गरेको छ । लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालको आयोजनामा सम्पन्न कार्यक्रममा गण्डकी र धवलागिरी क्षेत्रका लायन्स लिड़रहरूको उपस्थिति रहेको थियो ।

सो अवसरमा डिष्ट्रिक्ट गभर्नर रामबहादुर बसेल र डिष्ट्रिक्ट फस्ट लेडी भावना बसेलले उपस्थित लायन्स लिड़रहरूलाई टिका लगाईदिनु भई आशीर्वाद प्रदान गर्नु भएको थियो ।

लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट को–अर्डिनेटर सुरेन्द्रमान सिं भण्डारीको अध्यक्षता एवं डिष्ट्रिक्ट गभर्नर राम बहादुर बसेलको प्रमुख आथित्यतामा आयोजीत कार्यक्रममा डिष्ट्रिक्ट ३२५ आई नेपालका प्रथम भाईस डिष्ट्रिक्ट गभर्नर चन्द्रकुमार के सी, द्वित्तिय भाईस डिष्ट्रिक्ट गभर्नर बिनोद ढुङगाना, डिष्ट्रिक्ट चिफ युवराज खनाल, रिजन चेयरपर्सन प्रेम प्रसाद दाहाल र मोहनराज पौडेल, जोन चेयरपर्सन मणिप्रसाद डुम्रे र कल्पना गुरूङ, लायन्स क्लब अफ पोखरा सेवेन लेकसिटीका अध्यक्ष गोविन्द लामिछाने लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रममा बोल्दै लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट गभर्नर रामबहादुर बसेलले लायन्सले सामाजिक कार्यसंगै धर्म संस्कृतिको संरक्षणमा समेत टेवा पुर्याउँदै आएको बताउनु भयो । उहाँले विकृतिको अन्त्य गर्दै चाडपर्व मनाउनु पर्नेमा जोड़ दिनु भएको थियो ।

कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै अधिकांश बक्ताहरूले शुभकामना आदानप्रदान कार्यक्रमले चाडपर्वको महत्व बढ्ने बताउदै धर्म, संस्कृति, रितिरिवाजलाई बिर्सन नहुने कुरामा जोड दिनु भएको डिष्ट्रिक्ट क्याविनेट सेक्रेटरी हरिराज पन्तले जानकारी दिनु भयो ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…