२०८३ कार्तिक २६, बिहीबार Thursday, November 12, 2026
खबर

पोखरामा हुने लायन्सको क्याविनेट बैठक तयारीको लागि विभिन्न उपसमिति गठन

पोखरा, १२ असोज । लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ आई नेपालको दोस्रो क्याविनेट मिटिङको तयारी थालिएको छ । असोज २८ र २९ गते पर्यटकीय नगरी पोखरामा क्याबिनेट मिटिङ हुँदैछ । बुधवार पोखरामा सम्पन्न पोखरा एरियाका जोन र रिजन चेयरपर्सनहरूको भेलाले मिटिङको तयारीका लागि विभिन्न उपसमिति गठन गरिएको डिष्ट्रिक्टका द्वित्तिय भाईस डिष्ट्रिक्ट गभर्नर एवं आयोजक क्लब लायन्स क्लब अफ पोखरा अभियानका संस्थापक अध्यक्ष बिनोद ढुङगानाले जानकारी दिनु भयो ।

पोखराको माटेपानी स्थित एस आर केसी बेन्क्यूईटमा हुने मिटिङमा डिष्ट्रिक्ट अन्तर्गतका १५६ वटा क्लबबाट करिव २ हजार बढ़ी लायन सदस्यको  सहभागी हुने डिष्ट्रिक्टका रिजन चेयरपर्सन एवं क्याबिनेट मिटिङ मूल आयोजक समितिका संयोजक प्रेम दाहालले जानकारी दिनु भयो । क्याबिनेट मिटिङ सफल पार्न दाहालको संयोजकत्वमा विभिन्न ७ वटा उप समिति र सदस्य गठन गरिएको छ ।

भेलाले रिजन चेयरपर्सन संयोजक तथा जोन चेयरपर्सनलाई सहसंयोजक र सो माताहातका क्लब अध्यक्षलाई समितिको सदस्यमा मनोनयन गरिएको आयोजक क्लब लायन्स क्लब अफ पोखरा अभियानका अध्यक्ष कृष्ण लम्सालले जानकारी दिनु भयो ।

उहाँका अनुसार हल तथा स्टेज व्यवस्थापन उपसमिति संयोजकमा रिजन ७ का रिजन चेयरपर्सन प्रेम दाहाल तथा सहसंयोजकमा जोन १३ र १४ का जोन चेयरपर्सनद्वय किरण ढकाल र राम्जी प्रसाद बराल साथै सदस्यमा सो माताहातका क्लब अध्यक्ष रहनु भएको छ । रजिष्ट्रेशन उपसमिति संयोजकमा रिजन १ का रिजन चेयरपर्सन बिष्णु श्रेष्ठ एवं सह–संयोजकमा जोन १ र २ का जोन चेयरपर्सन कमला गुरूङ र सूर्य चापागाई चयन गरिएकोछ । किट व्यवस्थापन उपसमिति संयोजकमा रिजन ४ का रिजन चेयरपर्सन हिरा भण्डारी तथा सहसंयोजकमा जोन  ७ र ८ का जोन चेयरपर्सन नारायण पौडेल र पदम लाल श्रेष्ठ यस्तै, खाना तथा खाजा (भोजन) व्यवस्थापन उपसमितिमा संयोजकमा रिजन ३ का रिजन चेयरपर्सन गंगाबिलास लोहनी तथा सहसंयोजकमा जोन ५ र ६ का जोन चेयरपर्सनद्वय मणिप्रसाद डुम्रे र शोभा अधिकारी, अतिथि सत्कार स्वागत समितिमा रिजन२ का रिजन चेयरपर्सन डिलबहादुर थापा संयोजक तथा जोन ३ र ४ का जोन चेयरपर्सन बिना पाइजा र सोभा बानिया सहसंयोजक, होटल (आवास) व्यवस्थापनमा रिजन ६ का रिजन चेयरपर्सन नगेन्द्रराज बराल संयोजक र जोन ११ र १२ का जोन चेयरपर्सन बद्री नाथ भण्डारी र कल्पना गुरूङ सहसंयोजक, सांस्कृतिक एवं मनोरंजनमा रिजन ५ का रिजन चेयरपर्सन मोहन राज पौडेल संयोजक तथा जोन ९ र १० का जोन चेयरपर्सन अनिल सुवेदी र रोज़ी श्रेष्ठ सहसंयोजक रहनु भएको छ ।

यस्तै, प्रि–रजिस्टेशनको लागि काठमाडौं एरियामा राम कुमार तिमिल्सिना र मेनका लामा, पोखरा एरियामा युबराज खनाल र बिष्णु श्रेष्ठ, धौलागिरी एरियामा लोकेश पुनलाई ज़िम्मा दिईएको होस्ट क्लबका संस्थापक अध्यक्ष एवं डिष्ट्रिक्टका द्वित्तिय भाईस डिष्ट्रिक्ट गभर्नर बिनोद ढुङगानाले जानकारी दिनु भयो ।

पोखरामा आयोजित क्याबिनेट मिटिङले पर्यटकीय नगरी पोखराको पर्यटन प्रवद्र्धनमा सघाउने विश्वास गरिएको छ ।

डिष्ट्रिक्ट ३२५ आई नेपाल अन्तर्गतका १२ जिल्लामा १ सय ५६ क्लब मार्फत झण्डै ३ हजार ५ सय सदस्यहरुरहेका छन् भने पोखरा क्षेत्रमा मात्रै ५३ वटा लायन्स क्लब सक्रिय रहेका छन् ।

क्याविनेट बैंठकमा लायन्स क्लबले अहिलेसम्म गरेका कामको समिक्षा गर्दै आगामी एजेण्डाका विषयमा समेत छलफल हुने गर्छ । प्रत्येक तिन/तिन महिनाको अन्तरालमा बर्षभरी हुने चार वटा क्याविनेट बैंठक मध्ये पोखरामा आयोजना गर्न लागिएको यो दोस्रो बैंठक विजनेश बैंठकको रुपमा रहेकोछ । बैठकले अन्तराष्ट्रिय स्तरमा लैजाने एजेण्डाका विषयमा पनि छलफल हुन्छ ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…