२०८३ कार्तिक २७, शुक्रबार Friday, November 13, 2026
खबर

कास्कीमा १६ उम्मेद्वारको उम्मेद्वारी फिर्ता, काँग्रेस नेता गुरुङको उम्मेदवारी कायमै

पोखरा । कास्कीमा गठबन्धनका बागी काँग्रेस नेता महादेव गुरुङले प्रतिनिधिसभा उम्मेदवारको उम्मेदवारी कायमै राखेका छन् । उनले गठबन्धन विरुद्ध बागी उम्मेद्वारी दिएका हुन् । प्रतिनिधि सभाका लागि गठबन्धन दलबाट साझा उम्मेदवार बनेका कास्की क्षेत्र नम्बर २ का एकीकृत समाजवादीका नेता श्रीनाथ बराल विरुद्ध काँग्रेस नेता गुरूङले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् ।उम्मेदवारी फिर्ता लिने समयसम्म पनि गुरूङले उम्मेदवारी फिर्ता नलिए पछि उनको उम्मेदवारी कायमै रहेको हो । कास्की क्षेत्र नम्बर २ मा एकीकृत समाजवादीले टिकट पाएको छ । श्रीनाथ बराल गठबन्धनको आधिकारिक उम्मेद्वार हुन् ।

कास्कीमा अन्य १६ उम्मेद्वारले भने उम्मेद्वारी फिर्ता भएको छ । आफ्नो मनोनयन फिर्ता लिनेमा क्षेत्र नम्बर १ बाट महेन्द्र खत्री, घननाथ सापकोटा र आनन्द सापकोटा रहेका छन् । घननाथ एकीकृत समाजवादीका मादी अध्यक्ष हुन् । उनले गठबन्धन विरुद्ध बागी उम्मेद्वारी दिएका थिए । यस्तै, कास्की १ (क) मा उम्मेद्वारी दिएका भरत तिवारी पनि पछि हटेका छन् । उनी नेपाली कांग्रेसका नेता हुन् । १ (ख) बाट दिलमाया मुक्तानको नाम फिर्ता भएको निर्वाचन कार्यालय कास्कीले जनाएको छ ।

क्षेत्र नम्बर २ बाट अजय विश्वकर्माले मनोनयन फिर्ता लिएका छन् । २ (क) बाट दीपक विश्वकर्मा, इश्वरकुमार गुरुङ र सुन्दर बरालले नाम फिर्ता लिए ।

क्षेत्र नम्बर ३ बाट सत्ता गठबन्धनबाट कास्की निर्वाचन क्षेत्र नं. ३ बाट उम्मेदवारी दिएका माओवादी केन्द्रका रामजी बरालविरुद्ध बागी उम्मेदवारी दिएकी अनिता भुर्तेलले उम्मेदवारी फिर्ता लिइनन् । क्षेत्र नम्बर ३ बाट राजाराम दाहाल, यमकृष्ण पौडेल र जगन्नाथ बास्तोलाको नाम फिर्ता भएको छ । ३ (क) बाट लिलाधर ढकाल, जगतबहादुर गुरुङ र चन्द्रबहादुर गुरुङ तथा ३(ख) बाट चीना दवाडीले नाम फिर्ता लिएका छन् ।

Read more

पोखरामा मंसिर ५ र ६ गते कांग्रेस गण्डकीको दोस्रो अधिवेशन, देउवाले उद्घाटन गर्ने

१ हजार ६ सयभन्दा बढी प्रतिनिधि सहभागी हुँदै, अधिवेशनका लागि २५ लाख खर्च अनुमान पोखरा, कात्तिक २७ । नेपाली कांग्रेसको नियमित १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशको दोस्रो अधिवेशन आगामी…

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…