२०८३ कार्तिक २८, शनिबार Saturday, November 14, 2026
खबर

गठबन्दनका उमेदवारलाई आफ्नै उमेदवार ठानेर मतदान गर्न युवा नेता गुरुङको आग्रह

पोखरा । नेपाल तरुण दलका अध्यक्ष विद्धान गुरुङले गठबन्धनका उम्मेदवारहरुलाई काँग्रेस नेता तथा कार्यकर्ताले आफ्नै उमेदवार सम्झेर मतदान गर्न आग्रह गरेका छन् । ५ दलीय गठबन्धन पोखरा ६ को वडा सम्पर्क कार्यालयको सोमबार उद्घाटन गर्दै अध्यक्ष गुरुङले गठबन्धन हार्दा देशले नै हार्ने हुँदा गठबन्धनका उमेदवारहरुलाई काँग्रेसका उमेदवार सम्झेर मतदान गर्न आग्रह गर्नु भएको छ ।

आगामी मंसिर ४ को निर्वाचन निरंकुश बिरुद्ध लडाईको आन्दोलन भएको उल्लेख गर्दै अध्यक्ष गुरुङले सम्पूर्ण गठबन्धनका उमेदवारहरुको अभियानमा एक जुट हुन आग्रह गर्नु भयो । यसपालीको निर्वाचनबाट निरंकुश बादीहरुलनाई टाउको उठाउन नसक्ने गरी पराजित गर्नु पर्ने उहाँको भनाई थियो । एकिकृत समाजबादीका समानुपातिक उमेदवार रत्ना गुरुङले देशमा राष्ट्रिय एकताको लागि गठबन्धन आयश्यक भएको बताउनु भयो ।

कास्की निर्वाचन क्षेत्र नम्बर ३ प्रतिनिधि सभाका प्रत्यासी गठबन्धनका साझा उमेदवार रामजी प्रसाद बराल जीवनले मुलुकको हितको लागि पवित्र गठबन्धन भएको दाबी गर्नुभयो । जसले आफुहरुलाई अपवित्र गठबन्धन भन्ने गरेका छन उनीहरु नै वास्तवामा अपवित्र गठबन्धन गर्ने गरेको उहाँको आरोप थियो ।

कास्की क्षेत्र नम्बर ३ (२) का प्रदेश सभा सदस्यका प्रत्यासी उमेदवार प्रकाश बरालले युवाहरुलाई स्वदेशमै राख्ने गरी बृहत योजना ल्याउनु पर्नेमा जोड दिनुभयो । पोखरा सहित यस क्षेत्रको पर्यटकीय गन्तव्यहरुको खोजी गरी एग्रो पर्यटन प्रबद्र्धन गर्न आवश्यक भएको उहाँको भनाई थियो । निर्वाचन परिचालन कमिटि संयोजक सन्तोष पौडेलको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको सहसचिव कृष्ण आचार्यले बताउनुभयो ।

Read more

देउवा नेतृत्व कांग्रेसको १५औँ महाधिवेशनका लागि कास्कीबाट पुराना नेता र युवासहित प्रतिनिधि चयन

पोखरा । नेपाली कांग्रेसको नियमित १५औँ महाधिवेशनका लागि कास्कीका तीनवटै निर्वाचन क्षेत्रबाट महाधिवेशन प्रतिनिधि चयन भएका छन् । पार्टीको १४औँ महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवा नेतृत्वको समूहबाट नियमित…

समाज कल्याण समितिको अध्यक्षमा पुनः राजेन्द्रबहादुर कार्की निर्विरोध निर्वाचित

पोखरा । ‘सामाजिक उत्तरदायित्व हाम्रो जिम्मेवारी’ भन्ने मूलमन्त्रका साथ स्थापित समाज कल्याण समिति कास्कीको अध्यक्षमा राजेन्द्रबहादुर कार्की पुनः निर्विरोध निर्वाचित भएका छन् । शनिबार पोखरा-१०, काजीपोखरीस्थित सभा हलमा…

रत्न मन्दिर र हिमागृह लिजमा नदिन जिससको आग्रह

पोखरा । पोखराका ऐतिहासिक सम्पदा रत्न मन्दिर तथा हिमागृहसहित बाराहीघाटको जग्गा ३० वर्षका लागि लिजमा दिने तयारीप्रति जिल्ला समन्वय समिति कास्कीले आपत्ति जनाएको छ। समितिले फेवातालको मापदण्डभित्र पर्ने…

पोखरामा मंसिर ५ र ६ गते कांग्रेस गण्डकीको दोस्रो अधिवेशन, देउवाले उद्घाटन गर्ने

१ हजार ६ सयभन्दा बढी प्रतिनिधि सहभागी हुँदै, अधिवेशनका लागि २५ लाख खर्च अनुमान पोखरा, कात्तिक २७ । नेपाली कांग्रेसको नियमित १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशको दोस्रो अधिवेशन आगामी…

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…