10Shares

पोखरा । शुक्लागण्डकी नगरपालिका वडा नं २ एक्लेखेत तनहुँस्थित हंशबाहिनी माविमा अभिभावकको सक्रियतामा बृहत सरसफाई गरिएको छ ।
विद्यालयको फराकिलो प्राङ्गणसँगै व्यवस्थित कम्पाउन्ड रहेको परिसरमा घाँस बढेर झाडी भएकोमा शिक्षक विद्यार्थीको प्रयासबाट मात्र सरसफाई सहज नभएको अवस्थालाई दृष्टिगत गर्दै अभिभावकको सक्रियतामा सरसफाई गरिएको हो ।
विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघको अगुवाईमा अभिभावकहरूको सहभागितामा यही कात्तिक ५ गते शनिबार बृहत सरसफाई सम्पन्न भएको हो ।
कार्यक्रमका प्रमुख अतिथि एवम् शुक्लागण्डकी नगरपालिका वडा नं २ का वडा अध्यक्ष सुमनबहादुर रानाले सबैको साथ र सहयोगमा विद्यालयको सर्वाङ्गिण विकास गर्न सकिने बताउँदै आफ्नो तर्फबाट निरन्तर सहयोग रहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रम बारे प्रकाश पार्दै शिक्षक अभिभावक संघका अध्यक्ष शंकर पन्तले विद्यालय सबैको साझा संस्था भएको बताउँदै यसको संरक्षण र विकास सबैको प्राथमिकतामा पर्नुपर्ने बताउनुभयो ।
कार्यक्रमका सभापति एवम् विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ध्रुवराज पौडेलले विद्यालयको भौतिक एवम् शैक्षिक विकासका लागि सबैको साथ सहयोग रहने विश्वास व्यक्त गर्नुभयो ।
विद्यालयका निमित्त प्रधानाध्यापक ठाकुरप्रसाद खनालले सञ्चालन गर्नुभएको कार्यक्रममा स्वागत विद्यालय व्यवस्थापन समितिका सदस्य शान्ता लामिछानेले गर्नुभएको थियो भने पूर्व प्रअ खेमराज खनाल लगायतले बोल्नुभएको थियो ।

10Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected