२०८३ कार्तिक २७, शुक्रबार Friday, November 13, 2026
खबर

राजनीतिक स्थिरताका लागि गठबन्धन

पोखरा । कास्की क्षेत्र नम्बर ३ संघ र प्रदेश सभाका लागि गठबन्धन दलका उम्मेदवारहरुले राजनीतिक स्थिरताका लागि वाम-लोकतान्त्रिक गठबन्धन बनेको बताएका छन् । साविक ढिकुरपोखरी गाविसमा जन्म भई पोखरामा स्थायी वा अस्थाई रूपमा बसोवास गर्ने विभिन्न पेशा ब्यवसायमा आवद्व वाम-लोकतान्त्रिक गठबन्धन समर्थितहरूसँगको भेटघाट र छलफल कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवारहरूले उक्त कुरा बताएका हुन् ।

गठबन्धनका तर्फबाट कास्की निर्वाचन क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभा सदस्यका उम्मेदवार रामजी प्रसाद बराल“जीवन” र गण्डकी प्रदेश सभा सदस्यका लागि कास्की क्षेत्र नम्बर ३ (१) का उम्मेदवार दुर्गादत्त भण्डारी र ३ (२) का उम्मेदवार प्रकाश बरालले अहिले सत्ताभन्दा व्यवस्थाको रक्षा नै चिन्ताको विषय बनेको बताउदै पाँच दलीय गठबन्धन संविधान र लोकतन्त्रको रक्षाकै लागि बनेको हो, राजनीतिक स्थिरता अर्को महत्वपूर्ण पक्ष रहेको बताए ।

बहुमतले मात्रै राजनीतिक स्थिरता नदिने रहेछ भन्ने उदाहरण खोज्न अन्यत्र जानु परेन, यसअघिको ओली सरकार पर्याप्त रहेको जनाउ दिदै दुई तिहाइको जनमत हुँदा पनि सरकार पाँच वर्ष टिक्न सकेन ।

नेकपा माओवादी केन्द्रका नेता एवं प्रतिनिधि सभाका पूर्व सदस्य दुर्गा बि.कि.ले राजनीतिक स्थिरता र स्थायित्वका लागि र संविधानलाई ट्रयाकमा राख्न र कार्यान्वयन गर्नको लागि गठबन्धनका उम्मेदवारहरुलाई जिताउन जोड़ दिदै गठबन्धनलाई जिताउनका लागि क्षेत्र नम्बर ३ का सबै नेता तथा कार्यकर्ता दिन रात नभनि मंसिर ४ सम्म अनवरत रूपमा लाग्न आग्रह गरेकी थिईन् ।

नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि आशबहादुर गुरूङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा माओवादी केन्द्रका प्रदेश सदस्य चुड़ामणि अधिकारी, नेपाली कांग्रेससँग सम्बन्धित सांस्कृतिक संघका क्षेत्र नं ३ का संयोजक मनहरि दाहाल लगाएतले राजनीतिक स्थिरताबाट नै देशमा समृद्धि र विकास हुनसक्ने बताउदै आगामी मंसिर ४ गते प्रतिनिधिसभा सदस्यका उम्मेदवार रामजी प्रसाद बराल “जीवन” लाई गोलाकार भित्रको हँसिया हथौड़ा, गण्डकी प्रदेशसभा सदस्य ३ (१) का उम्मेदवार दुर्गादत्त भण्डारीलाई गोलाकार भित्रको हँसिया हथौड़ा र ३ (२) का उम्मेदवार प्रकाश बराललाई रूख चिन्हमा मतदान गरी अत्याधिक मतले जिताउन आग्रह गरेका थिए ।

Read more

पोखरामा मंसिर ५ र ६ गते कांग्रेस गण्डकीको दोस्रो अधिवेशन, देउवाले उद्घाटन गर्ने

१ हजार ६ सयभन्दा बढी प्रतिनिधि सहभागी हुँदै, अधिवेशनका लागि २५ लाख खर्च अनुमान पोखरा, कात्तिक २७ । नेपाली कांग्रेसको नियमित १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशको दोस्रो अधिवेशन आगामी…

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…