11Shares

पोखरा । कास्की क्षेत्र नं. ३ (१) बाट नेकपा एमालेका प्रदेश सभा सदस्य उम्मेदवार गणेशमान गुरुङले आफूले जनताको आधारभूत आवश्यकतालाई पूरा गर्ने उद्घोष गरेका छन् । जनताको सुख, दुःखमा सधैं साथ रहेको भन्दै उनले आफूले स्थानीय आवश्यकतालाई नजिकबाट बुझेको बताए ।
कास्की ३ क अन्तर्गत माछापुच्छ्रे गाउँपालिकाका वडा नम्वर २,३,४ लगायतका विभिन्न वडाहरुमा भएको घरदैलो कार्यक्रममा उनले उत्पादन र रोजगारी वृद्धिलाई आफूले प्राथमिकतामा राखेको उल्लेख गरे । उम्मेदवार गुरुङले पार्टीकोे प्रतिवद्धतापत्रमा पूरा गर्न सकिने कुराहरु मात्र आएको बताउँदै आफनो पार्टीले कहिल्यै ठुला र झुटा आश्वसन नदिने बताए ।
घरदैलो कार्यक्रममा नेकपा (एमाले), गण्डकी प्रदेश सचिवालय सदस्य दीपक पौडेल, केन्द्रीय संस्कृति विभाग सदस्य, विम्ब कवि रमेश श्रेष्ठ, क्षेत्र नं. ३ (क) निर्वाचन परिचालन कमिटीका संयोजक विष्णु केसी, वडा कमिटी इञ्चार्ज दामोदर शर्मा रिमाल, वडा कमिटीका अध्यक्ष रामविक्रम राणा, उपाध्यक्ष सहारा प्रधान, सचिव राधा बराल अधिकारी लगायत सहभागी छन् ।

11Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected