२०८३ कार्तिक २८, शनिबार Saturday, November 14, 2026
खबर

पोखरा २३ को विकासमा गठबन्धनको प्राथमिकता, बाटो र कोल्ड स्टोर निर्माण

पोखरा । आगामी मंसिर ४ गते हुने आम निर्वाचनमा कास्की ३ बाट ५ दलीय गठबन्धनका उम्मेदवारहरुले पोखरा महानगरपालिकाको वडा नम्बर २३ मा सडक र कोल्ड स्टोर निर्माण गर्नु पहिलो प्राथमिकतामा राखेका छन् । चुनाव प्रचार अभियानमा पोखरा २३ को बाम्दी, चापाकोट, घरेडी, असलचौर, खोरपाखा चनौटे लगायतका स्थानमा पुगेका उम्मेदवाहरुले मतदातासँग आफुहरुको प्राथमिकतामा सडक र कोल्ड स्टोर रहेको बताएका हुन् ।
प्रतिनिधिसभा उम्मेदवार रामजीप्रसाद बरालले आफु र नेता खिमलाल देवकोटाको पहलमा २० करोडको सडक योजना परेको र फेरी यहाँका सडकहरु निर्माण गर्ने र स्तरोन्नती गर्ने बताए । यहाँका अधिकाँश जनता कृषि पेशामा आवद्ध भएकोले उनीहरुको पेशालाई व्यवसायिकरण गर्न एउटा कोल्ड स्टोरको आवश्यकता पनि आफुलाई महसुस भएको बरालको भनाई थियो । ‘किसानको उत्पादनलाई कौडीको मुल्यमा बेच्नुपर्ने वा गाईबस्तुलाई खुवाउनुपर्ने बाध्यताको अन्त्य गर्नु अहिलेको आवश्यकता हो ।’ बरालले भने, ‘यो बाध्यताको अन्त्य गर्नु मेरो पहिलो प्राथमिकता हो ।’
प्रदेश सभाका उम्मेदवार प्रकाश बरालले वडा नम्बर २३ पर्यटकीय दृष्टिले महत्वपूर्ण भएको बताउँदै यहाँ सामुदायिक होमस्टेको प्रवद्र्धन गर्न सहयोग गर्ने बचन दिए । उनले निर्वाचन पनि विधिको शासन स्थापित हुने र बिकास निर्माणले तीब्रता लिने भएकोले आगामी चुनावमा गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गरे ।
नेपाली काँग्रेस पोखरा २३ का सभापति भरतराज भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा घरेडि टोल विकास संस्थाका संयोजक मुत्तिmराम पराजुली, स्थानीय केदार पराजुलि, पत्रकार गंगाधर पराजुली, युवा नेता देविलाल लामिछाने, असलचौर टोल विकास संस्था अध्यक्ष मोतिलाल पराजुली, टेकनाथ पराजुलि, टंक बस्ताकोटी लगायतले उम्मेदवारसँग विभिन्न अपेक्षा र सुझाबहरु प्रस्तुत गरेका थिए ।

Read more

रत्न मन्दिर र हिमागृह लिजमा नदिन जिससको आग्रह

पोखरा । पोखराका ऐतिहासिक सम्पदा रत्न मन्दिर तथा हिमागृहसहित बाराहीघाटको जग्गा ३० वर्षका लागि लिजमा दिने तयारीप्रति जिल्ला समन्वय समिति कास्कीले आपत्ति जनाएको छ। समितिले फेवातालको मापदण्डभित्र पर्ने…

पोखरामा मंसिर ५ र ६ गते कांग्रेस गण्डकीको दोस्रो अधिवेशन, देउवाले उद्घाटन गर्ने

१ हजार ६ सयभन्दा बढी प्रतिनिधि सहभागी हुँदै, अधिवेशनका लागि २५ लाख खर्च अनुमान पोखरा, कात्तिक २७ । नेपाली कांग्रेसको नियमित १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशको दोस्रो अधिवेशन आगामी…

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…