२०८३ कार्तिक २७, शुक्रबार Friday, November 13, 2026
खबर

पुम्दीभुम्दी लाई धार्मिक पर्यटनको हव बनाउने उम्मेदवार जीवन र प्रकाशको प्रतिवद्धता

पोखरा । पोखरा २२ (पुम्दी भुम्दी) लाई धार्मिक पर्यटनको हव बनाउने ५ दलीय गठबन्धनबाट कास्की ३ का उम्मेदवार रामजी प्रसाद बराल जीवन र प्रकाश बरालले प्रतिवद्धत्ता व्यक्त गरेका छन् । विश्व शान्ति स्तुपामा शनिबार आयोजना भएको २३ औं बार्षिक पूजा तथा सम्मान कार्यक्रममा बोल्दै उमेदवार जीवन र प्रदेश सभा सदस्यका उमेदवार प्रकाशले पोखरा २२ को पुम्दी भुम्दीलाई धार्मिक पर्यटनको केन्द्र बनाउन आवश्यक सहयोग गर्ने बताएका हुन् ।

बुद्धधर्म सम्बन्धि विश्व शान्ति स्तुपाः र हिन्दु धर्मको बिशाल महादेव मुर्तिले पछिल्लो समयमा बढी चर्चा भएको उल्लेख गर्दै उम्मेदवार जीवन र प्रकाशले धार्मिक पर्यटनको केन्द्र बनाउन आवश्यक भौतिक पूर्वाधार निर्माण गर्न आफुहरु सहयोग गर्ने बताएका हुन् । गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री समेत रहेका उम्मेदवार जीवनले पोखराको शान्ति स्तुपाः मर्मत संहार, बिशाल महादेवको मुर्ति, पोखरा ११ मा निर्माण हुदै गरेको धर्मकाय बुद्ध मण्डला निर्माणमा प्रदेश सरकारको केही बजेट विनियोजन भएको उल्लेख गर्दै थप विकास गर्न आफुहरु कटिवद्ध भएको बताए । उम्मेदवार प्रकाशले पुम्दी भुम्दीको क्षेत्रबाट दुई जना उम्मेदवारको रुपमा पाउनु ठुलो कुरा भएकोले यसमा जित सुनिश्चित पारे थप विकास हुने दाबी गरे । आफुहरु शुसासन कायम गर्न र भ्रष्टचार बिरुद्ध लाग्ने प्रकाशले जनाए ।

विश्व शान्ति स्तुप समितिका अध्यक्ष उत्तममान बुद्धाचार्यको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा पोखरा २२ का वडा अध्यक्ष हिमलाल बराल, धर्मकाय बुद्धमण्डला काहुँ डाँडाका अध्यक्ष रुद्रकुमारी गुरुङ लगायतले वोलेका थिए ।

Read more

पोखरामा मंसिर ५ र ६ गते कांग्रेस गण्डकीको दोस्रो अधिवेशन, देउवाले उद्घाटन गर्ने

१ हजार ६ सयभन्दा बढी प्रतिनिधि सहभागी हुँदै, अधिवेशनका लागि २५ लाख खर्च अनुमान पोखरा, कात्तिक २७ । नेपाली कांग्रेसको नियमित १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशको दोस्रो अधिवेशन आगामी…

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…