
पोखरा । कास्की क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य उम्मेद्बार किशोरदत्त बरालले जनताको योजना र आवश्यकता नै आफ्नो प्राथमिकतामा रहने बताउनु भएको छ । शनिवार पोखरा १२ मा घरदैलो तथा मतदाता भेटघाटका क्रममा उहाँले सो कुरा बताउनु भएको हो ।
निर्वाचनमा मतदातालाई विभिन्न योजनाहरु देखाउने र प्रभावित पार्न खोज्ने प्रवृत्तिको अन्त्य गर्दै उहाँले जनताको योजना र आवश्यकता नै आफ्नो प्राथमिकता भएको बताउँदै आउनु भएको छ । आफूप्रति मतदाता सकारात्मक भएको पाएँ, उहाँले भन्नुभयो – मतदाताको हौसला, समर्थन, विश्वास र भरोसाले उत्साहित बनाएको छ ।’
झुट बोल्दा मतदाताको अपमान हुने भन्दै उहाँले सक्ने कुरा मात्रै बोल्ने र जनताको सेवामा खटिरहने प्रतिवद्वता व्यक्त गर्नुभयो । शिक्षा, कृषि र पर्यटनलाई विशेष जोड दिदै आउनु भएका बराल पाँच सुत्रीय अभियानसहित निर्वाचनमा होमिनु भएको छ ।
मेरो इरादा, संसद र सांसदको मर्यादा, राजनीतिमा शुद्वता, मेरो प्रतिवद्वता, समृद्विको निकास, गुणस्तरीय र योजनाबद्व विकासलाई आफ्नो सुत्र भन्नुभएको छ ।
त्यस्तै, देशको समृद्वि, र शान्ति, बाटो हो कृषि पर्यटनमा क्रान्ति तथा टाउको(ज्ञान), हृदय(प्रेम र शान्ति) र हात (उद्यमशीलता र सीप) सहितको शिक्षा, विकास सुधार गर्ने मेरो महान सदीक्षालाई आफ्नो सुत्रका रुपमा अघि सार्दै आउनु भएको हो ।
उहाँले गठबन्धनको पक्षमा माहोल आइसकेको भन्दै निर्वाचनसम्म खटिदिन नेता, कार्यकर्ता, शुभेच्छ्ुक र आफन्तलाई आग्रह गर्नुभएको छ ।







सम्बन्धित खवर
















