२०८३ कार्तिक २६, बिहीबार Thursday, November 12, 2026
खबर

स्थापना दिवसमा बिद्यालयलाई कम्प्यूटर, खेलकुद एवं स्टेशनरी सामग्री

पोखरा । लायन्स क्लब अफ पोखरा पिस सिटीले आफ्नो ११औं स्थापना दिवस सोमवार एक कार्यक्रमका बीच भिमाद नगरपालिका-२, टेक्रेभञ्याङ स्थित श्री बाल बिकास माध्यामिक विद्यालयमा मनाएको छ ।

क्लबले स्थापना दिवसको अवसरमा बिद्यालयलाई दुई थान कम्प्यूटर, खेलकुद सामग्रीका साथै बिद्यालयमा अध्ययनरत २० जना बिद्यार्थीहरुलाई झोला सहित स्टेशनरी सामान वितरण गरेको हो । विगत ८ बर्षदेख़ि क्लबले सो बिद्यालयमा बिविध कार्यक्रमहरु गर्दै आईरहेको क्लबका अध्यक्ष ई. हरिप्रसाद अधिकारीले बताउनु भयो । उहाँका अनुसार क्लबले बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरुको लागि न्यानो कपडा, स्टेशनरी तथा खेलकुदसामाग्री वितरण, लाईब्रेरी सञ्चालन, सिसि क्यामेरा, कम्प्यूटर, इन्टरनेट जडानका साथै यस बर्ष थप कम्प्यूटरहस्तान्तरण गरेको हो ।

बिद्यालयमा यस बर्ष २ थान कम्प्यूटर लायन्स डिष्ट्रिक्ट ३२५ आई सचिवालय मार्फ़त, झोला र स्टेशनरी सामाग्रीको लागि बाल बालिका र वातावरणको क्षेत्रमा बिगत १४ बर्ष देखि पोखरामा कार्यरतरहेको बाबा फाउण्डेशन नेपालले सहयोग सहयोग गरेको छ ।

कार्यक्रममा भिमाद नगरपालिका–२ का वडाध्यक्ष दिनेश थापाले लायन्स क्लबले स्थापना दिनको अवसरमा विद्यालय क्षेत्र विकासमा पु¥याएको योगदानको अतुलनिय रहेको बताउनु भयो । उहाँले विद्यार्थीको लागि प्रदान गरिएको कम्प्यूटर, स्टेशनरी एवम् खेलकूदका सामग्रीहरूले उनीहरूको शैक्षिकस्तरवृद्धि एवं बौद्धिक विकासमा मद्दत पुग्ने विश्वास व्यक्त गर्दै वडा कार्यालय क्लबसँग सहकार्य गर्न तयाररहेको बताउनु भयो ।

कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष एवं लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट को–अर्डीनेटर सुदीपराज ढुंगाना, क्लबका पुर्व अध्यक्ष एवं डिष्ट्रिक्ट मिडिया चिफ टंकराज अधिकारी, पूर्व अध्यक्ष एवं डिष्ट्रिक्ट एडभाईजर अर्जुन सिग्देल, जिवन ढुंगाना लगाएतले सस्थापक सदस्यको महत्व र सामाजिक कृयाकलापमा क्लबले गरेका योगदानका बिषयमा आ आफ्नो भनाई राख्नु भएको थियो ।

क्लबका अध्यक्ष ई हरिप्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बालबिकास मावि बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष ईमानसिं थापा, प्रधानाध्यापक राम्जी सिग्देल र बिद्यालय बाल क्लबका अध्यक्ष प्रतिक्षा थापाले लायन्स क्लबले बिद्यालयमा गरेको सपोर्टको उच्च कदर गर्नु भएको थियो । साथै, आगामी दिनमा पनि यस्ता प्रकारका कार्यक्रम निरन्तरताको लागि आग्रह गर्दै क्लबको उत्तरोत्तर प्रगतिको कामना गरिएको थियो ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…