
पोखरा भ्यूज
पोखरा, २३ मंसिर । लायन्स क्लब अफ पोखरा पिस सिटीले तनहुँको भिमाद नगरपालिका–२, टक्रेभञ्ज्याङस्थित बालबिकास माध्यमिक बिद्यालयमा स्वीटर बितरण गरेको छ ।

शुक्रवार बिद्यालय प्राङगणमा आयोजित एक समारोह बिच पिस सिटीका अध्यक्ष, पुर्व अध्यक्ष एवं पदाधिकारी लगाएतले बिधालयमा अध्ययनरत ८० जना बिधार्थीलाई (न्यानो कपडा) स्वीटर बितरण गरेका थिए ।
क्लबले सन् २०१५ मा उक्त बिद्यालयमा पुस्तकालयको स्थापना गरेदेखि प्रत्येक बर्ष बिभिन्न समयमा बिद्यार्थीहरुलाई न्यानो कपडा बितरण, स्टेशनरी साथै खेलकुदका सामाग्री बितरणका साथै बिधालयमा लाईब्रेरी सञ्चालन, सिसि क्यामेरा जडान, कम्प्यूटर, इन्टरनेट जडानका साथै गत मंसिर १२ गते क्लबको ११औं स्थापना दिवसका दिन थप कम्प्यूटर सहित स्टेशनरी र खेलकुद सामग्री हस्तान्तरण गरेको थियो ।
न्यानो कपडा बितरण गर्दै क्लबका संस्थापक अध्यक्ष सुदीपराज ढुङगानाले लायन्सले गर्ने मानविय सेवा कार्य अन्तर्गत दुर दराजमा रहेका सर्बसाधारण जनताका घर आँगनमा सञ्चालित सामुदायिक बिधालयमा स्तरिय सुविधा सम्पन्न पुस्ताकालय सञ्चालन एवं बिद्यालयमा अध्ययनरत गरिव तथा जेहेन्दार छात्राछात्रलाई न्यानोकपडा बितरण गरि समाजको चेतनाको स्तरलाई उकास्ने कार्य गर्दै आएको बताउनु भयो ।
उक्त कार्यक्रममा बिधालय ब्यबस्थापन समितिका अध्यक्ष ईमान सिं थापा, बिद्यालयका प्रअ राम्जी सिग्देल, बिद्यालय बाल क्लबका अध्यक्ष प्रतिक्षा थापा लगाएतले बिद्यालयमा अध्ययनरत गरिव तथा जेहेन्दार छात्राछात्रलाई न्यानो कपडा बितरणका साथै शिक्षण सिकाई लागि आवश्यक पुस्ताकालाय देख़ि सिसि क्यामेरा जडान, कम्प्यूटर, इन्टरनेट जडानका लगाएतका महान कार्य गरेर समग्र समाज प्रति अतुनियकार्य गरेकोमा धन्यवाद प्रकट गर्दै लायन्सको यस सहयोगको उचित र ब्यवस्थित ब्यवस्थापन गरी सदुपयोगमा लाग्ने विश्वास व्यक्त गर्नु भएको थियो ।
लायन्स क्लब अफ पोखरा पिस सिटीका अध्यक्ष ई. हरिप्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्लबका पूर्व अध्यक्षहरू टंकराज अधिकारी, जिवन ढुङगाना, अर्जुन सिग्देल, प्रथम उपाध्यक्ष युवराज खनाल, सचिव रविकुमार श्रेष्ठ, कोषाध्यक्ष राजेन्द्रमणि अधिकारी लगायतले लायन्सले सामाजिक बिकासका लागि महत्वपुर्ण भुमिका निर्वाह गर्न सक्ने बिषयलाई ध्यानमा राखी क्लबले स्थानिय श्रोत र साधनको अधिकतम परिचालनबाट सामाजिक सेवाका कार्यलाई अगाडि बढाउदै आईरहेको जानकारी गराएका थिए ।
जाडो समयमा न्यून आयस्रोत भएका परिवारका बालबालिकालाई विद्यालयसम्म पुग्नै पनि कठिन हुने भन्दै केहिमात्रामा भएपनि राहत पुगोस भन्ने उद्देश्यले न्यानो कपडा वितरण गरिएको र आफू पनि दुःखमै हुर्किएकोले स्कूल पढ़ने अवस्थाका बालबालिकालाई सहयोग गर्न पाउँदा खुसी अनुभूत भएको क्लब अध्यक्ष अधिकारीको भनाई रहेको थियो ।







सम्बन्धित खवर
















