२०८३ कार्तिक २७, शुक्रबार Friday, November 13, 2026
खबर

व्यापार मेलामा बैंकहरुका आकर्षक योजनाहरु

पोखरा भ्यूज

पोखरा,२३ मंसिर । बैंक तथा वित्तीय संस्थाहरु यतिबेला तरलता अभावबाट गुज्रिरहेका छन् । तरलता अभाव हटाउन बैंक तथा वित्तीय संस्थाहरुले निक्षेपमा ब्याज बढाएका छन् । तर, सोचेजस्तो निक्षेप संकलन भने भएको छैन । उता, अनुत्पादक क्षेत्रमा गरिने लगानीमा भएको कडाइले ती क्षेत्रमा गरिने लगानी संकुचित बनेको छ । यो परिस्थितिबाट बाहिर आउन बैंक तथा वित्तीय संस्थाहरुले नयाँ योजनाहरु भने अघि सारिरहेका छन् । भएकालाई सन्तुष्ट बनाउने र नयाँ ग्राहक थप्ने अघोषित प्रतिस्पर्धामा रहेका बैंकहरुले ग्राहक लक्षित विशेष योजनाहरु धमाधम सार्वजनिक गरिरहेका छन् ।
पोखरा उद्योग वाणिज्य संघले यहाँको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा आयोजना गरेको समृद्धि स्टिल्स राष्ट्रिय औद्योगिक व्यापार मेलामा बैंक तथा वित्तीय संस्थाहरुका एक दर्जनभन्दा बढी स्टलहरु रहेका छन् । ती स्टलबाट बैंक तथा वित्तीय संस्थाहरुले साविक र नयाँ योजनाबारे जानकारीमात्र पस्केका छैनन्, ग्राहकका चाहनाहरु पनि बुझिरहेका छन् ।
मेलाको सह प्रायोजक हो, मुक्तिनाथ विकास बैंक । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडमार्फत् कृषकहरुमाझ पुगेको यो कम्पनीले स्टलमार्फत् कम्पनीका बस्तु तथा सेवाहरुबारे जानकारी दिइरहेको फुड इञ्जिनियर पूजा भण्डारीले जानकारी दिइन् । ‘जनता बैंक हैन, बैंंक जनताकहाँ जानुपर्छ‘ भन्ने नारासहित काम गरिरहेको बैंकले कृषकसँग मुक्तिनाथ, उपभोक्तासँग मुक्तिनाथ भन्ने योजनाहरुमार्फत् विभिन्न सुविधाहरु दिइरहेको उनको भनाइ थियो ।
‘बैंकले दिने अन्य सेवा सुविधा त भइहाले हामी प्राङ्गारिक खेती प्रवद्र्धन, कृषिको मूल्य श्रृंखला व्यवस्थापनमा पनि काम गरिरहेका छौँ’,उनले भनिन्,‘हाम्रा सेवाग्राही नै कृषक हुन् र कृषकलाई सहुलियतपूणर् कर्जा प्रवाह गर्नु हाम्रो काम हो ।’
नेपाल बैंक लिमिटेड पनि के कम ? पछिल्लो समय निजी बैंकहरुसँगको प्रतिस्पर्धामा आफूलाई अब्बल सावित गर्न बैंकले सहुलियतपूणर् कर्जालाई उत्तिकै जोड दिएको छ । बैंकको पोखरा कार्यालयका वरिष्ठ सहायक पदम केसीका अनुसार मेलामा राखिएको स्टलबाट विभिन्न योजनाहरुबारे जानकारीमात्र दिइएको छैन,डिजिटल बैंकिङमार्फत् युवा ग्राहकसँग जोडिने अभियान चलाएको छ ।
उता, कृषि विकास बैंकले मेलामा राखिएको स्टलमार्फत् विभिन्न ५ वटा सेवा एउटै खाताबाट ५ थरी सेवासहित अनलाइन खाता खोल्ने अभियानलाई प्रचार गरिरहेको छ । बैंकका सूचना प्रविधि शाखाका इञ्जिनियर सन्तोष गिरीका अनुसार मेलाको स्टलबाट निःशुल्क खाता खोल्ने काम भइरहेको छ ।
मेलामा रहेको स्टलबाट माछापुच्छे्र बैंकले ‘धेरै दिने भनेको आफ्नैले त हो’ भन्ने नारासहित ६ वर्षे मुद्धति खातामार्फत् दोब्बर रकम दिने योजनालाई जोडतोडले प्रचार गरिरहेको छ भने राष्ट्रिय वाणिज्य बैंकले विश्वासिलो सेवालाई अझ बढी जनमुखी र प्रविधिमैत्री भएको जानकारी दिइरहेको छ ।
मेलामा स्टलसहित आफ्ना सेवा र सुविधाबारे जानकारी दिन बसेका एनएमबी बैंक, प्रभु बैंक,गरिमा विकास बैंक,एनआइसी एसिया,ग्लोबल आइएमई बैंकले मात्र हैन, अजोड इन्स्योेरेन्स,रिलायवल लाइफ इन्स्योरेन्सले,शिवशिखर सहकारीले पनि आ-आफ्नो सेवाबारे ग्राहकलाई जानकारी दिइरहेका छन् । डिजिटल बैंकिङ्कमा अग्रणी इसेवा प्रालिले मेलामार्फत् नै इसेवाको थप प्रचार गरिरहेको छ ।
‘पोखरा उद्योग वाणिज्य संघले आयोजना गरेको मेला खासमा प्रवद्र्धनमै केन्द्रीत छ’,संघका अध्यक्ष पवनकुमार प्रजापतिले भने,‘मेलामा स्टल राखेर विभिन्न बैंक तथा वित्तीय संस्थाहरुले आफ्ना योजना र सेवाहरुबारे जानकारी दिनुभएको छ । मेला अवलोकनकर्ताले यसबाट फाइदा पाएका छन् ।’ उनले नेपाल टेलिकमले निःशुल्क सिमकार्ड वितरण गरेको दृष्टान्त दिँदै भने,‘बैंकले पनि निःशुल्क खाता र एटीएम सुविधा प्रदान गरेका छन्, मेला अवलोकन पनि गर्ने र बैंकका विभिन्न योजनाबारे जानकारी पनि लिन मेला उपयुक्त थलो बनेको छ । ’ पोखरा उद्योग वाणिज्य संघको आयोजनामा संचालित मेला यही मंसिर २५ गतेसम्म चल्ने संघका महासचिव बलराम आचार्यले बताए ।

शनिवार प्रजापति र पशुपतिको प्रस्तुति
मेलाअन्तर्गत आयोजित सांस्कृतिक कार्यक्रममा शनिबार प्रजापति पराजुली र पशुपति शर्माको विशेष प्रस्तुति रहने भएको छ । मेलाको सांस्कृतिक उपसमिति संयोजक शोभा गौतमका अनुसार रत्यौली प्रतियागिता र डान्सिङ आइडलबाट पनि अवलोकर्ताले मनोरञ्जन प्राप्त गर्न सक्नेछन् ।

Read more

पोखरामा मंसिर ५ र ६ गते कांग्रेस गण्डकीको दोस्रो अधिवेशन, देउवाले उद्घाटन गर्ने

१ हजार ६ सयभन्दा बढी प्रतिनिधि सहभागी हुँदै, अधिवेशनका लागि २५ लाख खर्च अनुमान पोखरा, कात्तिक २७ । नेपाली कांग्रेसको नियमित १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशको दोस्रो अधिवेशन आगामी…

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…