11Shares

पोखरा । पोखराको विभिन्न स्थानमा गीत गाएर दैनिकी गुजारा गर्दै आएका २२ जना दृष्टिविहिनहरुलाई लामा अमृत फाउण्डेशन घान्द्रुकले आर्थिक सहयोग गरेको  

लामा अमृत फाउण्डेशन घान्द्रुकका संस्थापक अमृत गुरुङको अगुवाई तथा लोकदोहोरी गायिका तथा डान्सर प्रीति आलेमगरको संयोजनमा संकलित रकम बिहिबार प्रदान गरिएको हो

319301571_533075372203473_6237901691739415260_n_9tbpMuEFtD.jpg

सहयोगीदाता तेज बहादुर गुरुङ, अभियन्ता तथा गायीका प्रीति आले र फाउण्डेशनका संस्थापक अमृत लामा गुरुङले २२ जना दृष्टिविहिन नागरिकलाई प्रतिव्यक्ति हजार सयकादरले  ( लाख ४३ हजार रुपैयाँ) आर्थिक सहयोग हस्तान्तरण गरे

320337704_534638512036746_8080406109813760842_n_b8hVENJUFu.jpg


सो अवसरमा बोल्दै प्रमुख अतिथिसमेत रहेका तेज बहादुर गुरुङले फाउण्डेशनको सामाजिक काममा आफुपनिसहभागी हुन पाएको बताउदै सहयोगीहरुलाई आभार प्रकट गरे  उनले फाउण्डेशनको कार्यको प्रशंसा गर्दैअन्य संस्थाहरुले पनि सकरात्मक कामको अनुशरण गुर्नपर्ने धारणा राखे
त्यस्तै देश तथा विदेशमा रहेका नेपालीको सहयोगमा रकम संकलन गरेर पहिलो पटक दृष्टिविहिननागरिकहरुलाई आर्थिक सहयोग गरेको बताए  ‘फाउण्डेशनले विभिन्न क्षेत्रमा सहयोग गरिरहेको , गुरुङलेभने, पोखराको विभिन्न स्थानमा गीत गाएर दैनिक गुजारा गर्ने देष्टिविहिन नागरिकहरुलाई विभिन्न व्यक्तित्वकोआर्थिक सहयोगमा उहाँहरुलाई सहयोग गर्न पाउँदा खुशी छौं सम्पूर्ण सहयोगीदाताहरुप्रति आभारी छु

319181467_1096796800936108_8396278211908689765_n_L7Tq2V38Me.jpg


उनले फाउण्डेशनको सहयोग यथेष्ट नहुने तर्क राखे हाम्रो यो सहयोग तपाइहरुलाई यथेष्ट हुदैन तरपनिघाउमा सानो मलम लगाउ भन्ने हेतुले सहयोग गरेका हौं, उनले भने, ‘सडकमा तपाइहरुले गीत गाउनु कुनै भिकमाग्नु होइन आफ्नो प्रतिभा देखाउनु हो त्यसैले प्रतिभाको कदर गर्दै सक्दो सहयोग गर्नु हरेक नागरिककोदायित्व हो
उनले आगामी दिनमा दृष्टिविहिनहरुकै लागि वृहत कार्यक्रम नै आयोजना गर्ने प्रतिवद्धता जनाएका थिए
यस्तै अर्का अभियन्ता तथा लोकदोहोरी गायिका प्रीति आले मगरले सडकमा कला प्रदर्शन गरेर दैनिकी गुजारागर्नु आफैमा उदाहरणीय कार्य भएको बताइन्

तपाईहरुले सडकमा माग्न बसेको होइन, उनले भनिन्, तपाइहरुले कला प्रदर्शन गर्नुभएको हो यस्तोअवस्थामा हामी तपाइहरुलाई केही सहयोग गरेर साथ दिन पाउँदा हामी एकदमै खुशी छौं
उनले आगामी दिनमासमेत दृष्टिविहिनहरुको साथमै रहने प्रतिबद्धता जनाइन् यो कार्यक्रम एउटा उदाहरणमात्र हो आगामी दिनमापनि यस्ता कार्यक्रमलाई निरन्तरता दिनेछौं फरक क्षमता भएका तपाइहरुलाई रहरहैन कहर हो त्यसैले तपाइहरुलाई सधै सम्मान गरिनुपर्छ उनले भनिन्

गीत गाएर गुजारा चलाउदै आएका दृष्टिविहिनसँगै आफुले गाएको एउटा भिडियो टिकटकमा भाइरल भएकोस्मरण गर्दै भनिन्, ‘एउटा दृष्टिविहिन दाईसँग गाएको गीत टिकटमा धेरैले माया गर्नुभएको थियो त्यहाँ आएकोकमेन्टमा धेरै आर्शिवाद थिए त्यसैले आर्शिवार्द उधारो राख्न हुदैन भन्ने सोचेर सहयोग अभियानमा जुटेकी हुँ
उनले आगामी दिनमा दृष्टिविहिन नागरिहरुलाई गीत रेकर्डिङ गर्न इच्छा लागेको खण्डमा आफुले सहयोग गर्नेबताउदै दृष्टिविहिनलाई सबैले सम्मानपूर्वक व्यवहार गर्न समेत आग्रह गरेकी थिइन्

320679155_1252419672322726_4597236095089914807_n_g8daXfAwE9.jpg


यस्तै दृष्टिविहिन नागरिकको तर्फबाट बोल्दै हेमबहादुर परियारले राज्य र ंसंघसंस्थाबाट उचित सहयोगनपाएको गुनासो गरे  ‘विभिन्न संघ संस्था तथा राज्यबाट विभिन्न क्षेत्रका नागरिकलाई सहयोग गरेको सुन्नसक्छौं तर हामी दृष्टिविहिन नागरिकलाई कसैले पनि वास्ता गर्दैनन्, परियारले भने, ‘आज हामीलाई प्रीतिबहिनी अमृत भाइले सहयोग गर्नुभएको उहाँहरुप्रति हामी अत्यन्तै आभारी छौं
आफुहरुको सडकमा गीत गाउनु रहर नभई बाध्यता रहेको उनले सुनाए सडकमा गाउनु हाम्रो रहर होइन, योहाम्रो बाध्यता हो त्यसैले कृपया हामीलाई अपहेलना नगर्नुहोला उनले भने
आर्थिक सहयोग कार्यक्रमा गायक मिलन लामा, सन्तोष बस्याल, लोक तथा दोहोरी गायक नेत्र गुरुङ, अमरधिताल लगायतको उपस्थिती रहेको थियो  

11Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected