7Shares

पोखरा ।नेपाल लिटरेचर फेस्टिभलको दशौँ संस्करण पोखराको लेकसाइडस्थित बाराही घाटमा सुरु भएको छ । करिब दुई सय वक्ता हजारौँ सहभागीहरूको उपस्थिति रहने यस अन्तर्राष्ट्रिय फेस्टिभलको पहिलोदिन उद्घाटन सत्रमा काठमाडौँ विश्वविद्यालयका रजिस्ट्रार तथा अर्थशास्त्री डाअच्युत वाग्लेले विद्वत्प्रवचन दिए।

उनले नेपाल २०९०‘ शीर्षकमा दिएको मन्तव्यमा विशेषगरी नेपालले अपनाउनुपर्ने विकासको शैली  यहाँका सम्भावना एवम् राजनीतिक/सामाजिक नेतृत्वले लिनु पर्ने बाटाबारे चर्चा गरेका थिए।

सरल रेखाको परिकल्पनामा अबको एक दशकपछिको नेपाल निःसन्देह आशावादी छ। यो मुलुक अहिलेभन्दा धेरै समृद्धिशाली  गौरवशाली हुनेछ । जनताको भागमा पर्ने सुखको मात्रा  सुखानुभूति गर्ने आमजनताको सङ्ख्यामा बढोत्तरी हुनेछ। निश्चय नै आशाका किरणहरू पर्याप्त छन्,” उनले भने।

अबको एक दशकमा जनसङ्ख्या सवा तीन करोड पुग्ला  मुलुक जनसाङ्ख्यिक लाभको उत्कर्षमा आइपुग्ला । यो अवधिमा  मुलुकको शासकीय बागडोर पक्कै दूरदृष्टियुक्तसुपठितयोग्य  व्यवस्थापकीय सक्रियता भएका राजनेताहरूको हातमा पर्नेछ,” उनले भने ।

तरहामीले अपेक्षा गरेका सबै पक्षहरूमा सोचेजस्तै उपलब्धिहरू हासिल भए भनेपनि त्यतिले मात्रै दशकपछिको नेपालको अनुहारलाई भविष्यको कुरा छोडौँवर्तमान विश्वकै औसत कोटीका विकसित मुलुकहरूको हाराहारीमा पनि उभ्याउन नसक्ने उनको मत थियो।

संसार जुन गतिमा अगाडि बढिरहेको त्यसको तुलनामा हामी धेरै सुस्तछौँ। नेपाललाई बराबरीको हैसियतमा उभ्याउनकै लागि कुनै पनि मुलुक कुरेर बस्ने छैनहामी आफै उनीहरूलाई भेट्टाउन दोहोरो गतिमा दौडिन सक्नुपर्छ।

कार्यक्रमको सुरुवातमा नेपाल लिटरेचर फेस्टिभलका कार्यकारी निर्देशक नीरज भारीले स्वागत मन्तव्य राखेका थिए। उनले अतिथि एवम् सहभागीहरूलाई स्वागत तथा धन्यवाद व्यक्त गरे।

भने,”सन् २०११ मा सुरु भएको फेस्टिभलले एक दशक लामो यात्रा तय गरेकोछ। यस क्रममा सहयोग पुर्याउने सबैप्रति  आभारी छु। वर्ष बित्दै जाँदा यस फेस्टिभलको महत्त्व एक पर्वको रूपमा बढ्दै जाँदा निकै भावुक महसुस हुन्छ।

उनले गण्डकी प्रदेशपोखरा महानगरपालिकागण्डकी प्रज्ञाप्रतिष्ठान लगायत सरोकारवाला निकायहरूले फेस्टिभल प्रति अपनत्व ग्रहणगरिदिए यस कार्यक्रमलाई थप प्रभावकारी रूपमा निरन्तरता दिन सकिने बताए।

नीरज भारीले इङ्गित गरेको साथ तथा सहयोगप्रति सकारात्मक प्रतिक्रिया जनाएपोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले । उनले फेस्टिभललाई पोखराको गौरवको विषयको संज्ञा दिए  आफूहरू सधैँ साथदिन तयार रहेको बताए।

पोखराले लिटरेचर फेस्टिभल ज़स्तो दुर्लभ अवसर पाएको छ। यसको निरन्तरता यहीँ हुनुपर्छ  सबै पोखरेलीहरूले यसलाई सम्बोधन गर्नुपर्छ,” आचार्यले भने।

प्रमुख अतिथि रहेका उनले यसअघिका फेस्टिभलमा प्रदीप गिरिहरू जस्ता वक्ताहरूले दिएको भाषण  संवादलाई पनि सम्झिए।

उनले भने,”प्रदीप गिरिजस्ता नेताहरूको सदनसमाज  साहित्यिक क्षेत्र सबैतिर आवश्यकता छ।

त्यस्तै गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का बिखर्चीले पनि यस साहित्यिक महोत्सवको महत्त्वबारे चर्चा गरे। गण्डकीको भाषासंस्कृतिको प्रवर्द्धन तथा उत्थानका लागि बुकवर्म फाउन्डेसनसँगको सहकार्यलाई निरन्तरता दिने बताए।

भने,”गण्डकीको प्रज्ञा प्रतिष्ठान यस कार्यक्रमसँग सधैँ हातेमालो गर्ने प्रतिबद्धता जनाउँछु।

पहिलो दिन बाल विकास विज्ञ डामीनाक्षी दाहालसँग “घरबाट स्कुलसम्म” शीर्षकमा फिशटेल एकेडेमीका कार्यकारी निर्देशक दिनकर नेपालले छलफल गरे। उनीहरूले बालबालिकाको विकासक्रममा अपनाउनु पर्ने संवेदनशीलतालगायत विविध पक्षहरूबारे अन्तर्क्रिया गरेका थिए।

एउटै विद्यालयमा गइरहेका बालबालिकाले पनि आफ्नो वर्गअनुसार फरक कक्षा कोठाफरक शिक्षकको शिक्षा लिनुपर्ने अवस्था रहेको डादाहालको भनाई छ। उनले एउटै विद्यालयमा फरक तरिकाले सिकाइ विधि अपनाउँदा विद्यालयबाटै वर्गीय उत्पादन भइरहेको बताइन्।

सरकारी नियमनमापदण्ड नबनाइदिँदा अहिले स्कुल नै वर्गीय उत्पादन हुने देखिन्छ। सिकाइको खाडल त्यहीबाट सुरु भएको देखिन्छ,’ डा दाहाल भन्छिन्, ‘निजी विद्यालयको सिको गरेर अङ्ग्रेजी बनाउनेप्रवेश परीक्षा लिनुपर्ने गर्न थालेका छन्  यो एकदमै विभेद वर्गीकरण  

कार्यक्रममा वरिष्ठ सङ्गीतकार गोपाल योञ्जनका गीतहरूको साङ्गीतिक प्रस्तुति समेत भयो। उक्त कार्यक्रममा कवि नवराज पराजुलीले योञ्जनका कृतिहरू वाचन गरे। त्यस्तै उज्ज्वल सागरबानिका प्रधानलगायत गायकहरूले उनको गीत गाए।

फाइनप्रिन्टद्वारा प्रकाशित गोपाल योञ्जनका गीतहरूको सङ्ग्रह गोपालय समेत उक्त कार्यक्रममा लोकार्पण गरियो।

7Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected