
पोखरा भ्यूज
१४, पुस, पोखरा । गण्डकी प्रदेश सभाका सदस्यले विहीबार पद तथा गोपनियताको सपथ लिएका छन् ।
ज्येष्ठ सदस्य मित्रलाल बस्यालले सांसदहरूलाई सपथ खुवाएका हुन् । यसअघि बस्याललाई बुधबार प्रदेश प्रमुख पृथ्वीमान गुरूङले पद तथा गोपनियताको सपथ खुवाएका थिए । ५६ जना सांसदले नेपाली र ३ जना सांसदले मातृ भाषामा सपथ लिएका छन् ।
राप्रपाका पञ्चराम तमु, कांग्रेसकी सरस्वती गुरूङ र पर्वती तामाङले मातृ भाषामा सपथ लिएका हुन् । सपथपछि सांसदहरूलाई प्रदेश सभा सदस्यको प्रतीक चिह्न (लोगो) वितरण गरिएको थियो । गण्डकी प्रदेशसभामा कांग्रेसका २७, एमालेका २२, माओवादीका ८, राप्रपाका २ र एक स्वतन्त्र सांसद छन् ।











