
म्याग्दी, बेनी । लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालको तेस्रो क्याविनेट मिटिङ म्याग्दीमा शुरु भएको छ । विश्वको सबैभन्दा उत्कृष्ट डिष्ट्रिक्टको रुपमा परिचय पाएको तेस्रो क्याविनेट मिटिङको विजनेस सेशन शुक्रबार जिल्ला समन्वयको हलमा शुरु भएको हो । त्यस्तै, क्याविनेट मिटिङको प्लेनरी सेशन पनि सोहि ठाउँमा शनिबार हुने तेस्रो क्याविनेट मिटिङका संयोजक एवं ग्लोवल मेम्बरशिप एप्रोच डिष्ट्रिक्ट को–अर्डिनेटर सन्तोष रावलले बताएका छन । रावलका अनुसार शनिबारको तेस्रो क्याविनेट मिटिङको विहान ७:३० बजे स्थानीय विरेन्द्रचोकबाट र्र्याली समेत सुरु हुने बताइएको छ ।
डिष्ट्रिक्ट ३२५ आई नेपाल तेस्रो क्यविनेट मिटिङ ऐतिहासिक हुने डिष्ट्रिक्ट गभर्नर रामबहादुर बसेलको भनाई रहेको छ । दुईदिनसम्म सञ्चालन हुने क्याविनेट मिटिङमा पिडिजीहरू, क्याविनेटका सिनियर लिडरहरू, क्लवका अध्यक्ष र पदाधिकारी गरी करिव ८ सयको हाराहारीमा सहभागी हुने अपेक्षा गरिएको संयोजक रावलले जानकारी दिए ।
आयोजक कमिटीका अनुसार तेस्रो क्याविनेट मिटिङको पहिलो दिन शुक्रबारका लागी डिजी टिम, पिडिजीहरु, डिष्ट्रिक्टका सिनियर लिडरहरू, रिजन, जोन, सहित क्याविनेटका डिर्पाटमेन्ट चिफ पदसम्मका सिनियर लिडरहरुलाई मात्र आमन्त्रण गरिएको हुन्छ ।
शनिबार भने क्याविनेट मिटिङमा नाम दर्ता गर्ने सम्पूर्ण लायन्स सदस्यहरू सहभागी हुन पाउनेछन् । ऐतिहासिक तेस्रो क्याविनेट मिटिङलाई भव्यताका साथ सम्पन्न गर्न डिष्ट्रिक्ट गर्भनर बसेलले सम्पूर्ण लायन्स सदस्यहरूलाई आग्रह समेत गरेका छन् । डिष्ट्रिक्टका विभिन्न कार्यक्रममा सहयोग र सहकार्य गर्ने केही लायन्सलिडरहरु र क्लवलाई डिष्ट्रिक्टले उक्त क्याविनेट मिटिङमा सम्मान गर्ने तयारी रहेको डिष्ट्रिक्ट क्याविनेट सेक्रेटरी हरिराज पन्तले बताए । म्याग्दीमा सम्पन्न हुन गईरहेको क्याविनेट मिटिङलाई म्याग्दी स्थित सम्पूर्ण लायन्स क्लवहरूले होस्ट गरेको छ ।
डिष्ट्रिक्ट गभर्नर रामबहादुर बसेलले हालसम्म भए गरेका कार्य प्रगतिको बारेमा जानकारी गराएका थिए भने क्याविनेट सेक्रेटरी हरिराज पन्तले सचिवको र ट्रेजरर सूर्यनारायण बरालले कोषाध्यक्षको प्रतिबेदन प्रस्तुतगरेका थिए ।
सो अवसरमा डिष्ट्रिक्टको विभिन्न पदमा रहेका क्याविनेटका पदाधिकारीहरूले आफ्ना जिज्ञासा सहित अमूल्य सुझाव राखेका थिए ।
डिष्ट्रिक्ट गभर्नर रामबहादुर बसेलको अध्यक्षता लायन्स अन्तरराष्ट्रियका एलसिआईएफ एरिया लिडर राजन लम्सालको प्रमुख आतितथ्यतामा सम्पन्न पहिलो दिनको कार्यक्रममा आईपिएमसीसी मनबहादुर रोका, प्रथम र द्वित्तिय भाईस डिष्ट्रिक्ट गभर्नर चन्द्रकुमार केसी र बिनोद ढुङगाना, पिडिजी इन्दु लम्साल लगाएतले डिष्ट्रिक्ट ३२५ आई नेपाल नेपालमा मात्र नभई विश्वमा नै नम्बर १ बनाउन सफल गभर्नरलाई आगामी दिनमा पनि सफलताको शुभकामना व्यक्त गरेका थिए ।












