
पोखरा भ्यूज
२८ माघ, तनहुँ । तनहुँ जिल्लाको व्यास नगरपालिका वडा नं. ११ स्थित निर्वु सामुदायिक वनमा एक मानव कंगाल फेला परेको छ । शनिबार बिहान जंगल गएका स्थानीयले कंकाल देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
प्रहरीले घटनाको सूचना पाएपछि अनुसन्धान गर्न प्रहरी टोली परिचालन गरेको छ । अनुसन्धानमा खटिएको टोलीले घटनास्थल सुरक्षित गरी घटनास्थलमा देखिए अनुसारको विवरणसहित घटनास्थल तथा शवजाँच मुचुल्का गरी उक्त कंकाल पोष्टमार्टम दमौली अस्पतालको शव गृहमा लगेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।











