२०८३ कार्तिक २७, शुक्रबार Friday, November 13, 2026
खबर

कर्मचारी यूनियन कास्कीद्वारा शुभकामना आदान प्रदान

पोखरा । नेपाल निजामती कर्मचारी यूनियन कास्कीले शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । शनिवार पोखरामा एक कार्यक्रमको आयोजना गरी यूनियनले आउँदै गरेको नयाँ वर्ष २०८० सालको उपलक्ष्यमा शुभकामना आदान प्रदान साथसाथै क्यालेण्डर विमोचन, बधाई एवं सम्मान कार्यक्रमको आयोजना गरेको हो ।

कर्मचारी यूनियन कास्कीका अध्यक्ष शुरेशकुमार श्रेष्ठको अध्यक्षता र नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालको प्रमुख आतितथ्यतामा सम्पन्न कार्यक्रममा अन्यन्त्र जिल्लाबाट सरुवा एवं लोकसेवा उत्तीर्ण गरी नयाँ सेवा प्रवेश गरेकालाई सम्मान, बढुवा भएकालाई बधाई र अन्यन्त्र जिल्लामा सरुवा भई गएकालाई विदाई एवं सुवेच्छुक संस्थामा निर्वाचित पदाधिकारीलाई सम्मान गरिएको थियो ।

प्रमुख अतिथि नेपाली कांग्रेस कास्कीका सभापति किशोर दत्त बरालले जनताको काम गरेर पार्टीलाई बलियो बनाउन कर्मचारी युनियनलाई आग्रह गरेका थिए । उनले कर्मचारी स्थायी सरकार रहेको जनाउ दिदै राजनीति विचार र आस्थाभन्दा पनि कामका आधारमा कामलाई बढी महत्व दिएर सेवाग्राहीलाई राम्रो व्यवहार गरी संगठनको पहिचान गराउन कर्मचारीलाई अनुरोध गरेका थिए ।

यसैगरी गण्डकी प्रदेश सभा सदस्यद्वय सरस्वती गुरूङ र प्रकाश बरालले संविधानअनुसार निर्माण भएका प्रदेश संरचनालाई सफल कार्यान्वयनका लागि प्रदेश तहमा कार्यरत कर्मचारीको महत्वपूर्ण भूमिकका हुने बताउदै जनताका पक्षमा ईमान्दार भएर काम गर्न अनुरोध गरेका थिए । 

त्यस्तै नेपाली कांग्रेस कास्कीका उपसभापति एवं अन्नपूर्ण गाउँपालिका कास्कीका निवर्तमान अध्यक्ष युवराज कुँवर, माछापुछ्रे गाउँपालिका कास्कीका उपाध्यक्ष सिता अधिकारीले स्थानीय तहमा कार्यरत कर्मचारीले ऐन र कानूनविपरीतको काम नगर्न कर्मचारीलाई सुझाव सहित कर्मचारी संयन्त्रले अब आशा जगाउने काम गर्नु पर्ने बताउदै सुशासन र नैतिकतामा ध्यान दिन आग्रह गरेका थिए ।

कार्यक्रममा नेपाल निजामती कर्मचारी युनियनका केन्द्रिय उपाध्यक्ष पुरण गुरूङ, नेपाली कांग्रेस, गण्डकी प्रदेशका प्रचार बिभाग प्रमुख रमेश पौडेल, नेपाली कांग्रेस कास्कीका सह–सचिव नविन सिग्देल, कर्मचारी युनियनका केन्द्रिय सदस्य चित्रा ढकाल, कृष्ण अर्याल, निवर्तमान संयोजक एवं केन्द्रिय उपाध्यक्ष शिव शर्माअधिकारी, प्रदेश उपाध्यक्ष अर्जुन गुरूङ, आधिकारिक ट्रेड यूनियन कास्कीका अध्यक्ष भरत भुषाल, यूनियनका निवर्तमान अध्यक्ष डार्विन लम्साल, कास्कीका उपाध्यक्ष सिता बराल ढुङगाना, सह-सचिव जिवनाथ शर्मा मरासिनी लगाएतले कर्मचारीको मनोबल उच्च हुने खालको काम सरकारले गर्न नसकेको बताए ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…