
तनहुँ –१ को उपनिर्वाचनमा गोविन्दराज जोशी समुह र रास्वपाबीच चुनावी तालमेल भएको भन्ने हल्ला निराधार भएको जोशी समुहले जनाएको छ । स्वास्वपासँग वार्ता तथा संवाद नभएको जनाईएको छ । जोशी समुहका वार्ता समितिका संयोजक हरिशरण पण्डितले रास्वपालाई सघाउने भन्ने कुरा निराधार भएको बताउनुभयो ।
जोशीका पुत्र दीपकराज जोशी र उम्मेदवार गोविन्द भट्टराईबीच आज भएको संवादमा त्यस्तो सहकार्य नभएको जनाईएको छ । ‘हाम्रो समुह तथस्थ छ कसैलाई पनि समर्थन गरेका छैनौं’ जोशीले बताउनुभयो । सामाजिक सञ्जालमा आएका रास्वपाका उम्मेदवारलाई सघाउने भन्ने कुरा सबै निराधार भएको जोशीले बताउनुभयो । पूर्व सहमहामन्त्री गोविन्दराज जोशीले आफूले कसैलाई पनि सहयोग गर्ने नभनेको बताउनुभयाये । ‘‘पार्टीसँगै मिल्ने हाम्रो चाहाना हो, लिखित रुपमा सहमती गर्नुपर्ने र पार्टीको बैठकबाटै निर्णय भएर आउनु पर्छ भन्ने माग हाम्रो हो’’ पूर्व सहमहामन्त्री जोशीले भन्नुभयो । जोशीसमुहलाई पार्टी ल्याउने काम भईरहेको र पुनः वार्ताको कार्य अघि बढ्ने नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भन्नुभयो । जोशी समुहको माग पुरा गर्न हामी सकरात्मक छौं पार्टीलाई एकतामा बाध्ने प्रयाश भईरहेको छ ।
चुनावको मिति नजिकिएकोले दुई, तीन दिन भित्रै एकता ल्याउने प्रयाश भईरहेको छ । गोविन्दराज जोशीलाई २०४८ साल देखिको सबै निर्वाचनमा सहयोग गरेकोले आफूप्रति सहानुभूति भएको पाएको उम्मेदवार गोविन्द भट्टराईले बताउनुभयो । २०६४ सालको निर्वाचनमा समेत ज्यान ज्योखिमको प्रवाह नगरीकन चुनावी अभियानमा म होमिएको थिएँ त्यसकारणले गर्दा पनि म प्रति जोशी समुहको सहानुभूति छ’’ भट्टराईले भन्नुभयो । भट्टराईका अनुसार पार्टी र जोशी समुहकाबीच सुमधुर संवाद जारी रहेको र छिट्टै समाधान निष्कनले विश्वास गरिएको छ ।











