२०८३ कार्तिक २६, बिहीबार Thursday, November 12, 2026
खबर

तनहुँको विरासत कायम राख्न भट्टराईलाई जिताउन अपरिहार्य छः नेता भण्डारी

दमौली, ३ वैशाख । नेपाली कांग्रेसका नेता तथा प्रतिनिधी सभा सदस्य शङ्कर भण्डारीले  विरासत कायम राख्न र जिल्लाको विकासको लागि सत्ता गठबन्धनका उम्मेदवार गोविन्द भट्टराईलाई जिताउन अपरिहार्य भएको बताउनुभयो ।
व्यास नगरपालिका– १ मा गरिएको कोणसभालाई सम्बोधन गर्दै भण्डारीले राष्ट्रपति जिल्ला भएको र विगत देखिकै उच्च विरासतलाई कायम राख्नु जिताउनु पर्ने बताउनुभयो । ‘‘तनहुँको विकास विगतमा पनि कांग्रेसको अगुवाईमा भएको हो त्यसको निरन्तरताका लागि पनि कांग्रेसको जीत अपरीहार्य छ, भण्डारीले भन्नुभयो । सत्ता गठबन्धनकै सरकार भएकोले गठबन्धनै उम्मेदवारलाई जिताउँदा बजेट पार्न सकिन्छ ।’’
उपनिर्वाचनमा अवसरवादीहरुलाई पाखा लगाउनु पर्नेमा जोड दिनु भएको थियो । ‘‘विगतमा तनहुँको विकास निर्माणमा कुनै साइनो नगाँसिएका व्यक्तिहरु उम्मेदवार बन्न आएका छन् ,तिनिहरुलाई पाखा लगाउनु पर्छ’’ पूर्वमन्त्री समेत रहेका भण्डारीले भन्नुभयो ।
व्यास —१ को घरदैलो अभियानमा नेपाली कांग्रेस तनहुँका जिल्ला सदस्य डम्बर अधिकारी, नेपाली कांग्रेस व्यास नगर कार्य समितिका पूर्व सभापति रामचन्द्र बस्नेत लगायतले गत मङ्सिरको निर्वाचनको जसरी नै उपनिर्वाचनमा गठबन्धनका उम्मेदवार गोविन्द भट्टराईलाई जिताउनु पर्नेमा जोड दिनु भएको थियो ।
दुई महामन्त्री एकैसाथ मैदानमा आउने
यसैबीच नेपाली महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्मा एकैसाथ मैदानमा आउनु हुने भएको छ ।
नेपाली कांग्रेस व्यास नगरसमितिको आयोजनामा चैत्र ५ गते दिउँसो १ बजे दमौलीको अनसन चौतारीमा हुनेचुनावी सभालाई सम्बोधन गर्न आउनु हुने भएको हो ।
गोविन्द भट्टराईलाई जिताउ अभियान अन्तर्गतमा दुवैजना महामन्त्री आउने नेपाली कांग्रेस व्यास नगरसभापति सूर्यचन्द्र हड्खलेले जानकारी दिनुभयो । यसैगरी लोकतान्त्रिक बाम गठबन्धनले चैत्र ६ गते डुम्रे र चैत्र ७ गते आँबुखैरेनीमा सभा गर्ने भएको छ । डुम्रेमा गरिने सभामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, एकिकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल लगायतले सम्बोधन गर्ने नेपाली कांग्रेस तनहुँका प्रवक्ता हरि वाग्लेले जानकारी दिनुभयो । आँबुखैरेनी बजारमा हुने सभामा नेपाली कांग्रेसका केन्द्रीय सुरेन्द्र पाण्डे, नेकपा माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य हरिबहादुर चुमानले सम्बोधन गर्नुहुने उहाँले जानकारी दिनुभयो ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…