
काठमाडौं : वैशाख १० गते हुने उपनिर्वाचनमा मिश्रीत परिणाम आउने भएको छ । उपनिर्वाचन हुन लागेका ३ वटै निर्वाचन क्षेत्रमा गरिएको एक मत सर्वेक्षणले यस्तो देखाएको हो ।
तनहुँमा कांग्रेसले नै जित कायम गर्ने देखिन्छ । तनहुँ १ मा कांग्रेसका गोविन्द भट्टराईले जित्ने सर्वेक्षणबाट देखिएको छ । यसअघि कांग्रेसले जितेको सो क्षेत्रमा भट्टराईको पक्षमा मतदाताको सेन्टिमेन्ट देखिएको छ । १ हजार ९ सय ३० मतदातासँग गरिएको सर्वेक्षणमा ९ सय ३० ले रूखमा मत दिने बताएभने ४ सय ७१ ले घण्टी र ४ सय ३० मतदाताले सुर्य चिन्हमा मत दिने बताए । त्यस्तै १०० जनाले अन्य अथवा कसलाई मतदान दिने प्रष्टभैनसकेको प्रतिक्रिया जनाए। विकासप्रेमी र स्थानीय पनि भएकाले कांग्रेसका भट्टराईले चुनाव जित्ने सम्भावना सर्वेक्षणले देखाएको छ । यहाँ एमालेबाट सर्वेन्द्र खनाल र स्वतन्त्र पार्टीबाट स्वर्णिम वाग्ले मैदानमा छन् ।
विगतमा रामचन्द्र पौडेल उठ्दा गोविन्दराज जोशीका कारण विपक्षमा परेको अधिकांश मत यसपटक भट्टराईलाई पर्ने देखिएको । `जोशीले समर्थन जसलाई गर्यो उसलाई मत हाल्ने कुरा हुन्न । हिजो रामचन्द्रहुँदाको कुरा भिन्न हो,´जोशी निकट स्थानीय नेताले नाम नखुलाइदिन आग्रह गर्दै भने, `पार्टीले हामी माथिको कारवाही फुकुवा गरिसक्यो । जोशी सरसँग सति जाने कुरा हुन्न । रूखलाई जसरी जिताइन्छ ।´











