२०८३ कार्तिक २९, आइतबार Sunday, November 15, 2026
खबर

होटल संघ पोखरा र अमेरिकी राजदुत थम्पसनबीच आपसी सहकार्यका विषयमा छलफल

पोखरा, १६ वैशाख । होटल संघ पोखरा नेपाल र नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनविच आपसी सहकार्यका विषयमा हालै पोखरामा छलफल भएको छ । सो अवसरमा संघका महासचिव राजेन्द्र ढकाल र टान गण्डकीका अध्यक्ष धर्मराज पन्थीले पोखराको पर्यटकीय अवस्थाका बारेमा जानकारी गराएका थिए ।
अमेरिकी नागरिक र अमेरिकी पर्यटकको सुरक्षाप्रति आफूहरु संवेदनशील रहेको बताउँदै महासचिव ढकालले विगतमा अमेरिकी दुतावासँग संघ नजिक रहेर काम गरेको र भविश्यमा पनि त्यसस्तो सहकार्यप्रति आफूहरु आसावादी रहेको भनाई राखे । पछिल्लो समयमा नेपाल घुम्न आउने अमेरिकी पर्यटकको संख्यामा बढोत्तरी देखिएको पनि उनले अवगत गराए ।
सुन्दर पर्यटकीय नगरी पोखरामा राजदूत डिन र अमेरिकी दुतावासका अधिकारीहरुलाई स्वागत गर्न पाउँदा संघ खुसि भएको बताउँदै ढकालले औपचारिक रुपमै पोखरा छिटै नेपालको पर्यटकीय राजधानी बन्ने जानकारी गराए । सुन्दर ताल, हिमाल र विविध संस्कृति यहाँको विशेषता रहेको पनि महासचिव ढकालले सो अवसरमा बताए ।
झण्डै चार दशकदेखि संघले पर्यटकीय सेवा सुविधालाई गुणस्तरीय बनाउनेतर्फ काम गर्दै आएको स्मरण गराउँदै ढकालले यस क्षेत्रको होटल उद्योगमा मात्र पाँच खर्ब रुपैयाँ लगानी रहेको जानकारी गराए । रोजगारी सिर्जना गरी देशको अर्थतन्त्रमा टेवा पुर्याउँदै गरिवीको अन्त्य गर्ने  संघको उद्धेश्य रहेको पनि उनले बताए ।
कोभिड १९ पछि पोखराको पर्यटन क्षेत्र पनि मारमा परेको बताउँदै उनले पर्यटकीय सेवा सुविधामा कुनै कमि नहुने गरी अफ्ठ्यारो अवस्थामा पनि आफूहरुले सेवा गरिरहेको सुनाए । पोखरामा नयाँ अन्तर्राष्ट्रिय विमानस्थलले सेवा सुरु गरिसकेको र पृथ्वी राजमार्गको स्तरोन्नती पनि केही अवधिमा सकिने बताउँदै ढकालले पर्यटकीय पूर्वाधारका हिसावले पोखरामा कुनै समस्या नभएको बताए ।
पोखरामा अमेरिकाका ब्लगर, ट्राभल राइटर र पत्रकारहरुलाई निमन्त्रणा गर्न र भ्रमण गराउनका लागि दूतावाससँग आबश्यक सहकार्य गर्न संघ तयार रहेको पनि ढकालले जानकारी गराए । पोखराको पर्यटन क्षेत्रमा लगानीका लागि अहिलेको उपयुक्त समय भएको बताउँदै उनले द्विपक्षीय व्यापारिक लाभका लागि संघले आबश्यक भूमिका खेल्न सक्ने सुनाए ।
कार्यक्रममा राजदूत थम्पसनले पदयात्रामा जाने पर्यटकका लागि पथप्रदर्शक अनिवार्य गरिएको विषयप्रति चासो व्यक्त गरेका थिए । तत् पश्चात् टान गण्डकीका अध्यक्ष धर्मराज पन्थीले पर्यटकको सुरक्षाको लागि पथप्रदर्शको व्यवस्था गरिएको जानकारी गराए ।

Read more

गण्डकी कांग्रेसको नेतृत्वमा मेखलाल श्रेष्ठको दाबेदारी, महामन्त्रीमा गंगाधर पराजुलीको चर्चा

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नियमित महाधिवेशन पक्षधरले गण्डकी प्रदेशको दोस्रो अधिवेशन आगामी मंसिर ५ र ६ गते पोखरामा गर्ने तय गरेसँगै प्रदेश नेतृत्वका लागि राजनीतिक सरगर्मी…

देउवा नेतृत्व कांग्रेसको १५औँ महाधिवेशनका लागि कास्कीबाट पुराना नेता र युवासहित प्रतिनिधि चयन

पोखरा । नेपाली कांग्रेसको नियमित १५औँ महाधिवेशनका लागि कास्कीका तीनवटै निर्वाचन क्षेत्रबाट महाधिवेशन प्रतिनिधि चयन भएका छन् । पार्टीको १४औँ महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवा नेतृत्वको समूहबाट नियमित…

समाज कल्याण समितिको अध्यक्षमा पुनः राजेन्द्रबहादुर कार्की निर्विरोध निर्वाचित

पोखरा । ‘सामाजिक उत्तरदायित्व हाम्रो जिम्मेवारी’ भन्ने मूलमन्त्रका साथ स्थापित समाज कल्याण समिति कास्कीको अध्यक्षमा राजेन्द्रबहादुर कार्की पुनः निर्विरोध निर्वाचित भएका छन् । शनिबार पोखरा-१०, काजीपोखरीस्थित सभा हलमा…

रत्न मन्दिर र हिमागृह लिजमा नदिन जिससको आग्रह

पोखरा । पोखराका ऐतिहासिक सम्पदा रत्न मन्दिर तथा हिमागृहसहित बाराहीघाटको जग्गा ३० वर्षका लागि लिजमा दिने तयारीप्रति जिल्ला समन्वय समिति कास्कीले आपत्ति जनाएको छ। समितिले फेवातालको मापदण्डभित्र पर्ने…

पोखरामा मंसिर ५ र ६ गते कांग्रेस गण्डकीको दोस्रो अधिवेशन, देउवाले उद्घाटन गर्ने

१ हजार ६ सयभन्दा बढी प्रतिनिधि सहभागी हुँदै, अधिवेशनका लागि २५ लाख खर्च अनुमान पोखरा, कात्तिक २७ । नेपाली कांग्रेसको नियमित १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशको दोस्रो अधिवेशन आगामी…

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…