२०८३ कार्तिक २८, शनिबार Saturday, November 14, 2026
खबर

नेपाल ट्रेड युनियन कांग्रेस कास्कीको ७ औं जिल्ला अधिवेशनको तयारी पुरा

पोखरा । नेपाल ट्रेड युनियन कांग्रेस कास्कीको ७ औं जिल्ला अधिवेशनको तयारी पुरा भएको छ । शनिबार पत्रकार सम्मेलन गर्दै जिल्ला भरका ७ हजार बढि श्रमिक आवद्ध रहेको एटियुसीको जिल्ला अधिवेशन अन्तर्राट्रिय श्रमिक दिवसका दिन हुने जिल्ला अध्यक्ष विजयराज भण्डारीले जानकारी दिए ।
नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियार प्रमुख अतिथि रहने छन् । २ सय ५० जना अधिवेसन प्रतिनिधि रहने कार्यक्रममा जिल्लामा आवद्ध १८ वटा प्रतिष्ठानबाट पर्यवेक्षकका रुपमा सहभागिता रहने सचिव रुद्रप्रसाद तिमिल्सिनाले जानकारी दिए । ह्वाईट हाउस पार्टी प्यालेस सिर्जनाचोकमा सोमबार विहानदेखि हुने कार्यक्रममा सचिव र कोषाध्यक्षको प्रतिवेदन र नयाँ नेतृत्व चयन हुने छ ।
श्रमिकहरुको हक अधिकार प्राप्ती, समस्या समाधानको लागि संगठित प्रजातान्त्रिक विचार धारामा विश्वास गर्ने श्रमिकहरुको एकतामा अधिवेशनले जोड दिने छ । ४ वर्षे कार्यकाल रहने नयाँ नेतृत्व आवद्ध १८ वटा प्रतिष्ठानबाट आएका प्रतिनिधिबाट चुनिने छ । नयाँ नेतृत्व चयनसँगै केन्द्रीय प्रतिनिधि, प्रदेश प्रतिनिधि, महिला समिति, युवा समिति समेत चयन हुनेछ ।
पत्रकार सम्मेलनमा नेपाल ट्रेड युनियन कांग्रेस गण्डकी प्रदेश अध्यक्ष मुरारी शर्मा, नेका महाधिवेशन प्रतिनिधि एवं एटियुसी कास्कीका निवर्तमान अध्यक्ष कुलदेवी बराल, केन्द्रीय सदस्य जीतबहादुर गुरुङ, प्रेस युनियनका निवर्तमान केन्द्रीय उपाध्यक्ष रमेश पौडेल, एनटियुसीका पूर्व अध्यक्ष शिवराज अधिकारी, प्रेस युनियनका गण्डकी प्रदेश अध्यक्ष टंक अधिकारी लगायतको उपस्थिति रहेको थियो । पत्रकार सम्मेलनमा श्रमिकका मुद्धा राजनीतिक दलले कमजोर बनाउने काम गरे चुप लागेर नबस्ने चेतावनी समेत दिइएको थियो । दिनानुदिन श्रमिकलाई राज्यले उपेक्षा गरिरहेको चर्चा चलिरहँदा नेपाल ट्रेड युनियन कांग्रेसले श्रमिक मैत्री राज्यको नारा बोकेर अधिवेशनमा होमिएको जिल्ला अध्यक्ष विजयराज भण्डारीले बताए ।

Read more

रत्न मन्दिर र हिमागृह लिजमा नदिन जिससको आग्रह

पोखरा । पोखराका ऐतिहासिक सम्पदा रत्न मन्दिर तथा हिमागृहसहित बाराहीघाटको जग्गा ३० वर्षका लागि लिजमा दिने तयारीप्रति जिल्ला समन्वय समिति कास्कीले आपत्ति जनाएको छ। समितिले फेवातालको मापदण्डभित्र पर्ने…

पोखरामा मंसिर ५ र ६ गते कांग्रेस गण्डकीको दोस्रो अधिवेशन, देउवाले उद्घाटन गर्ने

१ हजार ६ सयभन्दा बढी प्रतिनिधि सहभागी हुँदै, अधिवेशनका लागि २५ लाख खर्च अनुमान पोखरा, कात्तिक २७ । नेपाली कांग्रेसको नियमित १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशको दोस्रो अधिवेशन आगामी…

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…