२०८३ कार्तिक २७, शुक्रबार Friday, November 13, 2026
खबर

डिष्ट्रिक्ट ३२५ आई नेपालको स्कुलिङ सम्पन्न

धुलिखेल, १६ वैशाख । लायन्स क्लब्स् ईन्टरनेशनल डिष्ट्रिक्ट ३२५ आई नेपालको लायन वर्ष २०२३/२४ का क्याविनेट अफिसर्सहरुको स्कुलिङ कार्यक्रम सम्पन्न भएको छ । सुक्रवार र शनिवार दुई दिन सम्म चलेको स्कुलिङ कार्यक्रममा डिष्ट्रिक्टका विभिन्न उच्च ओहोदामा रहेका १ सय ५२ क्याविनेट अफिसरहरुको सहभागीता रहेको थियो ।

लायन वर्ष २०२३/२४ का लागि क्याविनेट अफिसर्सहरूले समाज सेवामा नागरिकको दायित्व, समाजसेवाका कार्य क्षमता अभिबृद्धी लगायतका विबिध क्षेत्रका वारेमा लायन्स अन्तराष्ट्रियका पूर्व डाइरेक्टर संजय खेतान, आईड़ि ईन्ड्रोसी बालकृष्ण बुर्लाकोटीले प्रशिक्षण गराउनु भएको थियो । 

कार्यक्रममा मुख्य प्रशिक्षक मोटिभेशनल स्पिकरद्वय रविन कटवालले आउँदो बर्षका लागि डिष्ट्रिक्ट गभर्नरको नारा ‘इन्सपाएर टु लिड’ र बिपी रेग्मीले लिडरशिप सम्बन्धि प्रशिक्षण गराउनु भएको डेजिक्नेटेड क्याविनेट सेक्रेटरी महेश पाण्डेले जानकारी दिनु भयो ।

त्यस्तै, आ–आफ्नो पदिय जिम्मेवारी लगायत लायन्सको विबिध बिषयमा केन्दीत भएर डिष्ट्रिक गभर्नर रामबहादुर बसेल, एलसिआईएफ एरिया लिडर राजन लम्साल, आईपिएमसिसी मनबहादुर रोका, पिडिजी इन्दु लम्साल, प्रथम र द्वितीय भाइस डिष्ट्रिक्ट गभर्नरद्वय इलेक्ट बिनोद ढुङगाना र पार्वती खरेल पाण्डे, डेजिक्नेटेड क्याविनेट सेक्रेटरी महेश पाण्डे लगाायतले सहजीकरण गर्नु भएको थियो ।

लायन वर्ष २०२३/२४ का लागि आ–आफ्नो पदीय जिम्मेवारी लगायत लायन्सको विबिध बिषयमा केन्दीत भएर प्रशिक्षण दिईएको कार्यक्रममा डिष्ट्रिक्ट गभर्नर केसीले आफ्ना भाबी कार्यक्रम र रणनितीका बारेमा जानकारी गराउनु भएको थियो । कार्यकालको स्लोगन (इन्सपाएर टु लिड) ‘नेतृत्व गर्न प्रेरित गरौं’ स्लोगनको मर्म र भावनाअनुसार सम्पुर्ण लायनहरुले आफुलाई समाज सेवाका लागि बिशिष्ठ खालका सामाजीक कार्यहरुमालगाउन सहभागी लायन्स लिडरहरूलाई आग्रह समेत गर्नु भयो । बिशेष गरी मानविय सेवा क्षेत्रको नेतृत्व गर्नका लागि नेतृत्व उत्पादनमा प्रेरित गर्न र लक्ष्यहरू प्राप्त गर्न उनीहरूलाई पूर्ण क्षमतावान बनाउन मद्दत गर्नको लागि मनोनित पदाधिकारीहरुसँग सहयोगको प्रतिबद्धता माग गर्नुभएको थियो ।

गभर्नर केसीले एक बर्ष अघि मात्रै नयाँ डिष्ट्रिक्ट बनेको स्मरण गराउदै डिष्ट्रिक्टको मुख्य प्राथमिकता डिष्ट्रिक्टको जग बलियो बनाउन केन्द्रित भएको बताउदै क्लब सदस्यहरूलाई आजिवन सदस्य बनाई पर्मानेन्ट क्लब बनाउनलागि पर्न जोड़ दिनु भयो।

साथसाथै लिड़रशिप, फेलोसिप र सामाजिक सेवाका कार्यसँगै स्वास्थ्य शिविर, सरसफाइ, रक्तदान, बृक्षारोपण, स्कुल एडप्ट कार्यक्रम, विभिन्न तालिम, खेलकुद, खानेपानी तथा सरसफाइ लगायतका कार्य पनि उच्च प्राथमिकतामा रहेको बताउनु भयो ।

सो अवसरमा सहभागी क्याविनेट अफिसर्सहरूले गभर्नरले ल्याउनु भएका कार्यक्रमलाई पुर्णरुपमा सहयोग गर्नेभन्दै प्रतिबद्धता जनाउनु भएको थियो ।

कार्यक्रमको समापनमा प्रमुख अतिथि आईडि ईन्ड्रोसी बालकृष्ण बुर्लाकोटी, डिष्ट्रिक्ट गभर्नर रामबहादुर बसेल, एलसिआईएफ एरिया लिडर राजन लम्साल, ईलेक़्ट गभर्नर चन्द्रकुमार केसीले क्याविनेट अफिसरहरूलाई  सहभागिताको प्रमाण पत्र प्रदान गर्नु भएको थियो ।

डिष्ट्रिक्ट गभर्नर रामबहादुर बसेलको अध्यक्षतामा सम्पन्न समापन समारोहमा आईपिएमसिसी मनबहादुर रोका, पिडिजी इन्दु लम्साल, प्रथम र द्वितीय भाइस डिष्ट्रिक्ट गभर्नरद्वय इलेक्ट बिनोद ढुङगाना/पार्वती खरेल पाण्डे, सहभागीको तर्फबाट रश्मी अधिकारी र गोविन्दप्रसाद लेखकले आ–आफ्नो मन्तव्य राख्नु भएको थियो भने कार्यक्रमको सञ्चालन डेजिक्नेटेड क्याविनेट सेक्रेटरी महेश पाण्डेले गर्नु भएको थियो ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…