
पोखरा । पोखराबाट १४ लाख भन्दा बढी मूल्यको बर्डवाइजर बियर बरामद भएको छ । बरामद गरिएको म्याद गुज्रेका बियरलाई बुधबार पोखरा मुस्ताङचोकस्थित गल्फकोर्षको जग्गामा नष्ट गरिएको छ पिकनिकमा लगिएको बियर म्याद गुज्रिएको भेटिएको सूचना पाएपछि जिल्ला प्रशासन कार्यालयको टोलीले छापा मारेको थियो ।
सेलवेज डिपार्टमेन्ट स्टोरबाट बियर खरिद गरेको र सेलवेजले पनि खरिद गरेको स्टोरबाट १४ लाखको बियरबरामद भएको हो । पस्र्याङ धारापानी स्थित लाभाजु इन्टरप्राइज पुगेर हेर्दा ठूलो मात्रामा म्याद गुज्रेको भेटिएको सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी गुरुदत्त ढकालले जानकारी दिए ।

लाभाजु इन्टरप्राइजको स्टोरबाट १३ लाख ९८ हजार ५ सय ३० रुपैयाँ बराबरको बर्डवाइजरको बियर जिल्लाप्रशासन कार्यालय कास्कीले नियन्त्रणमा लिएको उनले बताए ।
६ सय ५० एमएलको ३ सय १६ कार्टुन र ११ वटा बोतल प्रशासनले बरामद गरेको हो भने, ३ सय ३० एमएलको ६ कार्टुन र ११ वटा बोतल नियन्त्रणमा लिएको हो । उनका अनुसार सरोकारवालहरूको उपस्थितिमा नष्ट गरिएको छ ।







सम्बन्धित खवर
















