
10Shares
पोखरा भ्यूज
पोखरा । लायन्स क्लब अफ पोखरा पिस सिटीले बृक्षारोपण सहित सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । लायन्स बर्ष सुरूवातको दिन क्लबले पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान परिसरमा सरसफाई एवं बृक्षारोपण गरेको हो ।

क्लबले लायन बर्ष २०१५/१६ मा प्रतिष्ठान परिसरमा रोपिएका बिरुवाको गोडमेल र सरसफाइ कार्यक्रम आयोजना गरेको क्लबका अध्यक्ष युवराज खनालले जानकारी दिनुभयो । सरसफाइ कार्यक्रममा लायन्स क्लबका सदस्यहरुले फोहरमैला सङ्कलन गरेका थिए ।
क्लबले प्रत्येक बर्ष वृक्षारोपण सहित वातावरण संरक्षण जस्ता विभिन्न कार्यक्रमहरु आयोजना गर्ने गरेको साथैसरसफाइबाट लायन बर्षको सुरुवात गरिएको क्लबका खनालले बताउनुभयो।
10Shares







© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले
जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।
सम्बन्धित खवर
















