
पोखरा भ्यूज
पोखरा । औषधि विज्ञानको पुरानो संस्था नेपाल फर्मास्यूटिकल एसोसिएसनको गण्डकी प्रदेश समिति गठन भएको छ । संस्थाको विधान अनुरूप सात वटै प्रदेशमा प्रादेशिक कार्यकारी समिति विस्तार गर्ने अवधारणा अनुसार गण्डकीमा वरिष्ठ फर्मासिष्ट प्रकाश पौडेलको नेतृत्वमा प्रथम कार्य समिति गठन भएको हो।
जिल्ला समन्वय समिति कास्कीको सभाकक्षमा शनिबार सम्पन्न निर्वाचनमा अध्यक्षमा निर्वाचित प्रकाश पौडेल गण्डकी विश्वविद्यालयको उपप्राध्यापक एवं औषधि विज्ञान संकायको कार्यक्रम संयोजक हुनुहुन्छ ।
अध्यक्ष वाहेक अन्य कार्य समितिका सदस्यहरू निविरोध निवाचित हुनु भएको हो । कार्यसमितिको उपाध्यक्षमा नवराज बाँस्तोला, सचिवमा विजय त्रिपाठी, कोषाध्यक्षमा कुशल सुवेदी, सदस्यहरूमा शोभित पौडेल, युवराज पौडेल र महिला सदस्यमा अमृता अधिकारी रहनु भएको छ ।
अधिवक्ता नारायण प्रसाद तिवारीको संयोजकत्वमा निर्वाचन सम्पन्न भएपछि नेपाल फर्मास्यूटिकल एसोसिएसनका केन्द्रिय अध्यक्ष ललितमोहन पन्त, महासचिव संजिव कट्टेल, प्रचार सचिव अनिश श्रेष्ठ र नेपाल फार्मेसी परिषद (NPC) का रजिस्ट्रार संजिव पाण्डेले प्रमाणपत्र प्रदान गरी समितिको अनुमोदिन गर्नुभएको थियो।
नेपाल फार्मेसी परिषद्को स्थापना, फर्मास्यूटिकल जर्नलको प्रकाशन, औषधि व्यवस्थापन सम्बन्धी तालिम, हस्पिटल फार्मेसी र कम्युनिटि फार्मली सम्बन्धी कार्यशालाको आयोजना, औषधि विज्ञान विषयkaविद्यार्थीलाई व्यवाहारिक तालिम जस्ता औषधि विज्ञानको विषयमा प्राविधिक सेवा पुप्याउनुका साथै फर्माफर्मासिष्टको पेशागत हक हितको क्षेत्रमा काम गर्दै आएको छ । औषधी विज्ञानको विभिन्न क्षेत्रमा कार्यरतजनशक्तिको वैधानिक छाता सङ्गठनको स्थापना वि.सं. २०२८ मा काठमाडौंमा भएको थियो भने २०८०सालमा सात वटै प्रदेशमा प्रादेशिक तथा डिप्लोमा फोरम कार्यसमिति गठन भएको हो ।











