32Shares

पोखरा भ्यूज

पोखरा । लायन्स डिष्ट्रिक्ट ३२५ आई अन्तरगतको क्लब लायन्स क्लब अफ पोखरा फर्निसिङले वृक्षारोपण गरेको छ । शनिवार पोखरा-३१, लामास्वाँरा स्थित इन्द्रेणी आधारभूत विद्यालय तथा चक्रदेवी मन्दिर परिसरमा क्लबले वृक्षारोपण गरेको हो ।
क्लबका अध्यक्ष मदन केसीको अध्यक्षता सम्पन्न भएको वृक्षारोपणमा विभिन्न प्रजातिका ४५ वटा बिरुवा रोपिएको छ ।
कार्यक्रममा वडा नं.३१ का वडा सदस्य विनोदमणि लामिछाने, डिष्ट्रिक्ट वृक्षारोपण चिफ सुदीप ढुंगाना, स्थानीय संघ संस्थाका पदाधिकारी तथा स्थानिय बासिन्दा, लायन लिडरहरु लगायतका क्लबका सबै पदाधिकारी एवं सदस्यको सहभागिता रहेको प्रथम उपाध्यक्ष तथा कार्यक्रम संयोजक गोविन्द शर्माका जानकारी दिए ।
क्लबले पर्यावरण, छात्रवृत्ति, पिछडिएको क्षेत्र, प्राकृतिक विपत्ति लगायतका  विभिन्न क्षेत्रमा  वार्षिक कार्यक्रमहरु गर्दै आएको अध्यक्ष केसीले बताए ।

32Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected