
पोखरा भ्यूज
बन्दीपुर, तनहुँ । लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालको सल्लाहकार परिषदको बैठक सुरू भएको छ ।
शनिवार तनहुँ जिल्लाको बन्दिपुरस्थित बन्दिपुर माउन्टेन रिसोर्टमा सुरू सल्लाहकार परिषदको बैठकमा ८० जना डिष्ट्रिक्टका सिनियर लायन्स लिडरहरूको उपस्थिति रहेको छ ।
डिष्ट्रिक्टका प्रमुख सल्लाहकार सूर्यकुमार केसीको अध्यक्षतामा सम्पन्न बैठकमा उपस्थित लायन्स लिड़रहरूले आफ्नो अमुल्य सल्लाह सुझाव दिएका छन् ।
परिषद बैठकमा डिष्ट्रिक्ट गभर्नर चन्द्रकुमार केसी, प्रथम भाईस डिष्ट्रिक्ट गभर्नर बिनोद ढुङगाना, द्वित्तिय भाईस डिष्ट्रिक्ट गभर्नर पार्वती खरेल, मल्टिपल जिएमटी कोअर्डिनेटर एवं पूर्व मल्टीपल काउन्सिल चेयरपर्सन राजन लम्साल, निवर्तमान डिष्ट्रिक्ट गभर्नर रामबहादुर बसेल, पूर्व डिष्ट्रिक्ट गभर्नर ईन्दु लम्साल, क्याविनेट सेक्रेटरी महेश पाण्डे, क्याविनेट ट्रेजरर सन्तोष रावल, पिआरओ ईन चिफ शैलेन्द्र मोहन भट्टराई लगाएतको उपस्थिति रहेको छ ।
कार्यक्रममा डिष्ट्रिक्ट गभर्नर चन्द्रकुमार केसीले आफ्नो बार्षिक कार्यक्रम, डिष्ट्रिक्टका महत्त्वपूर्ण भावी योजना साथै डिष्ट्रिक्टमा लागू हुने नीति नियम तथा पालना गर्नुपर्ने नयाँ निर्देशन बारे जानकारी गराउनु भएको छ। बैठकमा उपस्थित २० जना सल्लाहकार परिषदका सदस्यले आफ्नो राय सल्लाह तथा सुझाव पेस गर्नु भएको क्याविनेट सेक्रेटरी महेश पाण्डेले जानकारी गराउनु भयो ।













