
पोखरा भ्यूज
२३ साउन, रोल्पा । रोल्पाको बागमारादेखि दाङको घोराहीतर्फ जाँदै गरेको बस रोल्पाको त्रिवेणी गाउँपालिका–७ गैरीगाउँस्थित रिची गाउँमा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।
मृतकको पहिचान हुन बाँकी छ । दुर्घटनामा बसचालकसहित १४ जना घाइते भएका छन् । दुर्घटनामा एक बालक भेटिएका छैनन् । उनको खोजी कार्य भइरहेको प्रहरीले बताएको छ ।
घटनास्थलमा घाइते र मृत्यु भएकाहरुको उद्धार जारी छ । घाइतेलाई उद्धार गरेर रोल्पाको रेउघास्थित जिल्ला अस्पतालमा उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ ।











