26Shares

पोखरा भ्यूज
साउन २३ पोखरा : पर्यटन व्यवसायी संगठन गण्डकी प्रदेशका अध्यक्ष पर्यटन व्यवसायी गणेशराज पहारीले आफ्नो जन्मदीनको शुभ अवसर पारेर एक लाख बराबरका ६ थान सिलाई कटाई मेसिन लक्षित बर्गलाई हस्तान्त्रण गर्नु भएकोछ ।

लामो समय जापान वसेर आफ्नो शिप र ज्ञानलाई आफ्नो भूमिमा प्रयोग गर्न चाहाने बिन्देश्वरी होम सेन्टर प्रा.लि. , डाक्टर उड ग्यालरीका संचालक डा. सुन्दर पौडेलको सहयोगमा खहरे टोल विकास संस्था तथा खहरे आमा समुहको समन्वयमा खहरे टोलविकास संस्थाका उपाध्यक्ष तथा विभिन्न सामाजिक संघ संस्थामा सक्रिय समाजसेवी पहारीले आर्थिक स्थिति कमजोर भएका र विपन्न परिवारका सदस्य तथा महिलालाई जिविकोपार्जनका लागि मेसिन उपलब्ध गराउनुभएको हो ।

सिलाई पेशातर्फ आकर्षित गरी आत्मनिर्भर बनाउने उद्देश्यले सिलाई मेसिन वितरण गरिएको पहारीले वताउनुभएको छ । आफूले सिकेको सीपलाई सक्दो उपयोग गरी स्वरोजगार बन्न उहाँले आग्रह समेत गर्नु भएको छ ।

एउटा काम छ आउनुहोस त भनेर गएको थिए फर्किदा सिलाई मेसिन बोकेर आए पोखरा-६, डिहीकोपाटन चोकमा लामो समयदेखि कपडा सिलाई गरी वस्ने टिकारामको खुसिको सिमा रहेन, म यही टोलवासीका कपडाहरु लामो समय सम्म सिलाई रहेको छु आज मलाइ थप जिम्मेवारी थपीएको छ भन्दै उनले खुसी व्यक्त गरे । तेस्तै खुसि थिइन हिममाया परियार , बषौंको कमाइले किन्न नसक्ने मेसिन पाएकी छु किन खुसी नहुने त…….भन्दै उनले खुसी व्यक्त गरीन ।

खहरे आमा समुहकी संस्थापक अध्यक्ष नानीमाया सिग्देल, निवर्तमान अध्यक्ष मैया थापा, अध्यक्ष शान्ति पहारीले जन्मदीनको अवसरमा केक काटने, साथीभाई जमघट भएर रमाइलो गर्ने कुरालाई टाढा राख्दै सामाजिक उत्तरदायित्व वहन गर्दै सामाजिक भावना र समाज प्रति उच्च विचार भएका ब्यक्तित्व गणेश राज पहारीले गरेको यस कार्यलाई खहरे आमा समुहले हृदयदेखि आभार प्रकट गरेको बताउनु भयो ।

बिन्देश्वरी होम सेन्टर प्रा.लि., डाक्टर उड ग्यालरीका संचालक डा. सुन्दर पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त सिलाई मेसिन हस्तान्त्रण कार्यक्रममा डा. पौडेलले हामी सहयोग मात्रै गरेको होइन एउटा ठुलो जिम्मेवार पनि सुम्पेको बताउनु भएको छ । उहाँले अगाडी भन्नु भयो आत्मनिर्भर भई काम गर्ने प्रेरणा मिलोस् भन्ने उद्देश्यले सो मेसिन हस्तान्तरण गरिइएको हो । खहरे टोल विकासका सचिव निर्मल पहारीले कार्यक्रम संचालन गर्नु भएको थियो ।

26Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected