
पोखरा भ्यूज
अन्नपूर्ण, कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिकाले पालिकाको वडा नं. ५ का भूमिहीनलाई लालपुर्जाको निस्सा वितरण गरेकोछ ।पालिकाले गाउँपालिकाका वडा नं. ५ का भूमिहिन मनबहादुर बिक र जीवन परियारलाई लालपुर्जाको निस्सा वितरण गरेको हो । बिहिवार गाउँपालिकाको कार्यालयमा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष बिष्णु बहादुर केसी, भूमि आयोग कास्कीका अध्यक्ष गंगा प्रसाद पोखरेल लगाएतले निस्सा वितरण गरेका हुन् ।
गाउँपालिकाले भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई लालपुर्जा दिने प्रक्रियास्वरुप निस्सा वितरण अभियानलाई अगाडी बढ़ाईएको अध्यक्ष केसीले बताउनु भयो ।
कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष चन्द्रकला अधिकारी, भूमि आयोग कास्कीका प्रवक्ता आशबहादुर गुरुङ, आयोग सदस्य सोमप्रसाद नेपाली र उमाकुमारी थापा, अन्नपूर्ण गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत खेमराज देवकोटा, वडाध्यक्ष एवं कार्यपालिका सदस्यहरू लगायत राजनैतिक दलका प्रतिनिधि र अन्य सरोकारवालाको उपस्थिती थियो ।











