
पोखरा भ्यूज
पोखरा । लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपाल अन्तर्गतको लायन्स क्लब अफ पोखरा आदर्श चौतारीले शनिबार दुई वटा सामुदायिक विधालयलाई सहयोग प्रदान गरेको छ ।
विधालय सहयोग कार्यक्रम अन्तर्गत क्लबले पोखरा-१९ को हिमालय आधारभूत विधालय र माच्छापुच्छ्रे मावि सार्दिखोलालाई सहयोग गरेको क्लबका अध्यक्ष दामोदर आचार्यले जानकारी दिए । ।
हिमालय आधारभुत विधालयका लागि प्रिंटिंग मेसिन र माच्छापुच्छ्रे मा बि लाई बिज्ञान प्रयोगशालाका सामानहरु प्रदान गरेको हो ।
कार्यक्रममा डिष्ट्रिक्ट ३२५ आई नेपालका जिएलटि डिष्ट्रिक्ट कोअडिनेटर अमृत शोभा खत्रीले उक्त सामाग्री हस्तान्तरण गर्दै क्लबले गरेको सहयोगले बिद्यार्थीहरुलाई सैद्धान्तिक ज्ञान सगै प्राबिधिक ज्ञान अति उपयोगी हुने बताइन ।
क्लबका अध्यक्ष दामोदर आचार्यको अध्यक्षता सम्पन्न कार्यक्रममा संस्थापक अध्यक्ष तथा डिष्ट्रिक्टका जिएसटी बासुदेब कोइराला, एडिसनल एडभाइजर मोहन राज पौडेल, भिजन आइ कोडिनेटर भरतराज सिग्देल, माछापुच्छ्रे गाउपालिका वडा न. २ का वडाध्यक्ष गणेश आचार्य, विधालयका प्र.अ. सन्तोष आचार्य, हिमालय आधारभुत विधालय व्यवस्थापन समितिका अध्यक्ष पुष्पराज गौतम, क्लबका निबर्तमान अध्यक्ष तथा जोन १५ का जोन चिर्यरपर्सन रुक बहादुर गुरुङ, रिजनचियर पर्सन शोभा बानिया लगायतले आ-आफ्ना भनाई राखेका थिए ।
स्थानीय विन्धबासिनी युवा क्लबले व्यवस्थापन गरेको कार्यक्रममा दुबै विधालयका लागि करिब एक लाख रुपैया बराबरको सामाग्री हस्तान्तरण गरेको थियो । क्लबका सचिब दिपक प्रसाद घिमिरेको संचालनमा रहेको कार्यक्रममा संयोजक सबिन गौतमले क्लबका गतिविधि बारेमा आफ्नो धारणा राखेका थिए ।











