
पोखरा भ्यूज
लेखनाथ, कास्की । लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपाल रिजन ४ जोन ७ र ८ अन्तर्गतका क्लबहरूको संयुक्त पदस्थापन समारोह मंगलवार बिहान सम्पन्न भएको छ ।
पोखरा–२७, लेखनाथ, तालचोकस्थित शुभम् पाटी प्यालेसमा सम्पन्न पदस्थापन समारोहमा पदस्थापित हुने क्लबहरू लायन्स क्लब अफ लेखनाथ सिमसार, मेट्रो सिटी, लेखनाथ टाउन र लायन्स क्लब अफ पोखरा वाटिकाका क्लब अध्यक्ष एवं पदाधिकारी रहेको रिजन ४ का रिजन चेयर पर्सन कल्पना गुरूङले जानकारी दिनुभयो । उनिहरूलाई प्रमुख अतिथि डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट गभर्नर एवं पदस्थापन समारोहका पदस्थापन अधिकृत चन्द्रकुमार केसीले सो क्लबका लायन बर्ष २०२३/२४ का क्लब पदाधिकारीलाई पदस्थापन गराउनु भएको हो ।
कार्यक्रममा लायन्स क्लब अफ लेखनाथ सिमसार, मेट्रो सिटी, लेखनाथ टाउन र लायन्स क्लब अफ पोखरा वाटिकाका लायन बर्ष २०२२/२३ का अध्यक्षहरू क्रमशः शिव कुमारी गिरी, उत्तम भण्डारी, भरत गिरी र कल्पना रानाभाटले आफ्ना कार्यकालमा सम्पादन गरेका प्रगति बिवरण प्रस्तुत गर्नु भएको थियो ।
त्यस्तै, लायन बर्ष २०२३/२४ का अध्यक्षहरू लेखनाथ सिमसारका गिता बराल, लेखनाथ मेट्रो सिटीका सुरेन श्रेष्ठ, लेखनाथ टाउनका बलराम भट्टराई र पोखरा वाटिकाका दिलमाया ढुंगानाले हालसम्म क्लबले सम्पादन गरेका कार्यका साथसाथै भावी कार्यक्रमहरू प्रस्तुत गर्नु भएको थियो ।











