
पोखरा भ्यूज
२९ साउन, काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले ललितानिवास जग्गा प्रकरणमा पूर्वमुख्यसचिव लीलामणि पौडेयालसँग बयान लिएको छ ।
ब्यूरोले पौड्याललाई बोलाएर २०६९ सालको मन्त्रिपरिषद्को निर्णय र त्यसलाई प्रमाणीकरण गरेर पठाइएको पत्रबारे सोधपुछ गरेको हो । हिजो दिउँसादेखि सुरु भएको वयान राति अवेरसम्म चलेको सीआईबी उच्च स्रोतले बताएको छ ।
यसअघि उनीसँग साढे तीन वर्षअघि पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवास जग्गा प्रकरणबारे सोधपुछ गरेको थियो ।











