२०८३ कार्तिक २८, शनिबार Saturday, November 14, 2026
खबर

पोखरामा मनाइयो ७७औं भारतिय स्वतन्त्रता दिवस

पोखरा भ्यूज

पोखरा, साउन ३० । पोखरास्थित भारतिय राजदुतावास पेन्सन बितरण क्याम्पले मंगलवार ७७ औं भारतिय स्वतन्त्रता दिवस मनाएको छ  ।

भारतिय राजदुतावास पेन्सन बितरण कार्यलयका प्रमुख ले.कर्नल प्रशान्त सिङ बघेलले भारतको राष्ट्रिय झण्डा झण्डोत्तोलन गरी कार्यक्रमको उद्घाटन गरेका थिए ।

शिक्षा बिद् डा. जर्ज जोनको प्रमुख आतितथ्यतामा सम्पन्न कार्यक्रममा भारतीय भूपु सैनिक र भारतीय नागरीक र नेपाल भारत मैत्री विद्यालयका अभिभावकहरुको उल्लखनिय सहभागिता रहेको थियो  ।

कार्यक्रममा नेपाल भारत मैत्रि बिद्यालयका बिद्यार्थीहरुद्धारा दुवै देशको राष्ट्रिय गानका साथै विविध सास्कृतिक एवं खेलकुदका कार्यक्रम प्रस्तुत गरिएको थियो । सो अवसरमा उत्कृष्ट कर्मचारीहरुलाई प्रमाणपत्रद्धारा सम्मान समेत गरिएको थियो । 

सन् १९४७ अगस्ट १५ मा भारत बेलायतबाट स्वतन्त्र भएको थियो । भारतले हरेक वर्ष अगस्ट १५ तारिखमा स्वतन्त्रता दिवस मनाउदै आएको छ  ।

Read more

रत्न मन्दिर र हिमागृह लिजमा नदिन जिससको आग्रह

पोखरा । पोखराका ऐतिहासिक सम्पदा रत्न मन्दिर तथा हिमागृहसहित बाराहीघाटको जग्गा ३० वर्षका लागि लिजमा दिने तयारीप्रति जिल्ला समन्वय समिति कास्कीले आपत्ति जनाएको छ। समितिले फेवातालको मापदण्डभित्र पर्ने…

पोखरामा मंसिर ५ र ६ गते कांग्रेस गण्डकीको दोस्रो अधिवेशन, देउवाले उद्घाटन गर्ने

१ हजार ६ सयभन्दा बढी प्रतिनिधि सहभागी हुँदै, अधिवेशनका लागि २५ लाख खर्च अनुमान पोखरा, कात्तिक २७ । नेपाली कांग्रेसको नियमित १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशको दोस्रो अधिवेशन आगामी…

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…