
पोखरा भ्यूज
३० साउन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अमेरिकामा संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन भदौ ३०मा अमेरिका प्रस्थान गर्ने बताएका छन् । उनले मंगलबार प्रमुख सञ्चार माध्यमका सम्पादकहरुसँगका छलफलमा अमेरिकामा संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर आफू त्यतैबाट चीन भ्रमणमा जाने बताए ।
प्रधानमन्त्री दाहालको १६ सेप्टेम्बर (३० भदौ) मा अमेरिकाको न्यूयोर्क जाने र २१ सेप्टेम्बर (४ असोज) मा त्यतैबाट चीन जाने कार्यक्रम तय भएको छ । अमेरिकाको न्यूयोर्कमा १९ सेप्टेम्बरबाट संयुक्त राष्ट्रसंघको महासभा सुरु हुँदैछ र त्यहाँ २१ सेप्टेम्बरमा आफ्नो सम्बोधन गर्ने कार्यक्रम तय भएको उनले जानकारी दिए ।

त्यसपछि २१ सेप्टेम्बरमा प्रधानमन्त्री दाहाल चीन जाने छन् । चीनमा २३, २४ र २५ सेप्टेम्बरमा एसियाली खेलकुद कार्यक्रम सहभागी हुने उनको कार्यतालिका तय भएको छ । उनी २५ सेप्टेम्बरमा स्वदेश फर्किने छन् ।
चीन भ्रमणका क्रममा चीनका राष्ट्रपति सी जिनपिङ र प्रधानमन्त्री लि क्वाङसँगको भेटवार्ता तय भएको बताइएको छ । भेटमा बीआरआई कार्यान्वयनको योजना समेतका विषयमा छलफल हुनेछ ।







सम्बन्धित खवर
















