२०८३ कार्तिक २८, शनिबार Saturday, November 14, 2026
खबर

भोर्लेटार स्वास्थ्य चौकीमा लायन्सद्वारा स्वास्थ्य सामाग्री हस्तान्तरण

पोखरा भ्यूज

भोर्लेटार, लमजुंग । लायन्स क्लब अफ पोखरा अन्जुलीले लमजुंगको मध्यनेपाल-६, भोर्लेटारस्थित स्वास्थ्य चौकीमा अत्यावश्क स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।
क्लबको सहकार्यमा स्थानीय झलकमणि/प्रीयम्बदा सोतीका छोरा/छोरी डाक्टर सुबदा र इन्जिनियर सुयोग सोतीको आर्थिक सहयोगमा हस्तान्तरण गरिएका स्वास्थ्य सामग्रीहरू अटोक्लेभ मेसिन सहितको सर्जिकल ड्रम सेट १ थान, एएनसी चेक अप बेड १ थान, स्ट्रेक्चर २ थान, ईएनटी सेट १ थान, बिपी सेट २ थान, सल्टर स्केल २ थान, एडल्ट वइट मेसिन १ थान लगाएत रहेका क्लबका पूर्व अध्यक्ष एवं जोन चेयरपर्सन सान्तावना पराजुलीले जानकारी दिईन ।


शुक्रवार आयोजित एक कार्यक्रमका बीच क्लबका अध्यक्ष लगाएत पदाधिकारीहरूले मध्यनेपाल नगरपालिका वडा नं. ६ का वडा सदस्य केदार गुरूङ मार्फत भोर्लेटार स्वास्थ्य चौकीका स्वास्थ्य संयोजक सूर्य प्रसाद पौडेल र स्वास्थ्य चौकीका प्रमुख होम बहादुर गुरुङलाई संयुक्त रूपमा स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको थियो ।
क्लबका अध्यक्ष मिना पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा रिजन चेयरपर्सन भावना बसेल, क्लबका पूर्व अध्यक्ष लगाएतको उपस्थिति रहेको थियो ।

Read more

रत्न मन्दिर र हिमागृह लिजमा नदिन जिससको आग्रह

पोखरा । पोखराका ऐतिहासिक सम्पदा रत्न मन्दिर तथा हिमागृहसहित बाराहीघाटको जग्गा ३० वर्षका लागि लिजमा दिने तयारीप्रति जिल्ला समन्वय समिति कास्कीले आपत्ति जनाएको छ। समितिले फेवातालको मापदण्डभित्र पर्ने…

पोखरामा मंसिर ५ र ६ गते कांग्रेस गण्डकीको दोस्रो अधिवेशन, देउवाले उद्घाटन गर्ने

१ हजार ६ सयभन्दा बढी प्रतिनिधि सहभागी हुँदै, अधिवेशनका लागि २५ लाख खर्च अनुमान पोखरा, कात्तिक २७ । नेपाली कांग्रेसको नियमित १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशको दोस्रो अधिवेशन आगामी…

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…