5Shares

पोखरा भ्यूज

पोखरा,  भदौ/ पोखरामा रहेको चरक मेमोरियल अस्पतालले पहिलोपटक मुटुको सफल शल्यक्रिया (ओपनहार्ट सर्जरी) गरेको पोखरामा पहिलोपटक ओपन हार्ट सर्जरी गरेको अस्पतालका निर्देशक कपिल पोखरेलले शुक्रवार पत्रकार सम्मेलन गरी जानकारी दिए

पोखराका ४५ वर्षका विष्णु गौतमको निःशुल्क ओपन हार्ट सर्जरी गरिएको हो ओपन हार्ट सर्जरी गरेर बिरामीको मुटुको ब्लक भएका दुई वटा ठूला नशा फेरिएको प्रमुख सर्जन डा अनिल भट्टराईले पत्रकार सम्मेलनमा जानकारी दिए

मनमोहन कार्डियाक सेन्टरका विभागीय प्रमुख डा भट्टराईको नेतृत्वमा सर्जन डा कृष्ण बस्याल, डा अर्जुन गुरुङलगायतको टिमले घण्टा लगाएर सफल ओपन हार्ट सर्जरी गरेको थियो

पोखराका बिभिन्न अस्पतालमा ट्रान्सक्याथेटर एओर्टीक भल्ब इम्प्लान्टेसन (टिएभिआई) लगायत प्रविधिबाट मुटुको उपचार गरिदै आएपनि ओपन हार्ट सर्जरी भने पहिलो पटक भएको हो

डा. भट्टराईका अनुसार गौतमको मुटुको दुई ठूला नसा ब्लक भएको थियो हात घाँटीको नसा मुटुमा हालेर सर्जरी गरिएको हो अप्रेसन अवधि करिब घण्टा लागेको थियो

पहिलो सर्जरी भएकाले निःशुल्क गरिएको अस्पतालले जनाएको ओपन हार्ट सर्जरीका लागि अवस्था हेरी खर्च लाग्ने चिकित्सकहरु बताउँछन् सर्जरीका लागि सामान्यतया / लाख लाग्ने पनि डा. भट्टराईले बताए

सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्स प्लान्ट सेन्टरमा मात्र मुटुका बिरामीले विपन्न शीर्षकमा लाख रुपैयाँ सहयोग पाउने तर अन्य ठाउँमा नपाइने भएपनि पोखराको चरकमा त्यो सुविधा शुरु भएको अस्पतालका निर्देशक पोखरेलले बताए

ओपन हर्ट सर्जरीका लागि महिनाअघि नेपाल सरकारबाट स्वीकृत लिई आवश्यक सामाग्री जडान गरिएको पोखरेलले बताए हामी सर्जरीका लागि तयार भएका छौं अब सबै तयार छौँ, सर्जरीका लागि काठमाण्डौका चिकित्सकसँग समन्वय गरेर सबै सर्जरी यहीँ गर्न सक्षम छौँ पोखरेलले भने अस्पतालले करिब करोडको लागतमा मुटुरोगका लागि आवश्यक इक्विपमेन्ट खरिद गरेको पनि निर्देशक पोखरेलले बताए

नेपालमा १९९७ बाट विदेशी (अस्टेलियन) डाक्टर आएर पहिलो पटक मुटुको उपचार सुरु भएको डा भट्टराईले सम्झिए  नेपालमा अहिले ओपन हार्ट सर्जरी नै हजार २५ सय वार्षिक रुपमा हुदै आएको उनको भनाई काडियोलोजीको इन्टर भेन्सन सहित वर्षमा / हजार मुटुको उपचार हुने गरेको डा भट्टराईको भनाई

5Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected