२०८३ कार्तिक २७, शुक्रबार Friday, November 13, 2026
खबर

देशको अर्थतन्त्र सकारात्मक रुपमा अगाडी बढेको छ : अर्थमन्त्री डा. महत

पोखरा भ्यूज
पोखरा, १८ भदौ । अर्थमन्त्री डा. प्रकाशशरण महतले देशको अर्थतन्त्र सकारात्मक रुपमा अगाडी बढेको बताएका छन् । पोखरा पर्यटन परिषद्को २३ औँ वार्षिक साधारण सभालाई सोमवार सम्बोधन गर्दै मन्त्री महतले सो कुरा बताएका हुन् । मन्त्री महतले महाभूकम्प, कोभिड महामारीदेखि विश्वमा आएको आर्थिक सङ्कटले देशको अर्थतन्त्रमा समस्या आएको जनाउँदै अर्थतन्त्र सुधारको दिशामा अघि बढेको बताए ।
मन्त्री महतले अहिले बजारमा अनावश्यक कुरा फैलाउने जमात प्रती ईगित गर्दै नकारात्मक कुराले केबल आत्मविश्वास घटाउने बताउदै अलिकति समस्या आयो भन्दैमा निराश हुनु नपर्ने बताए । राजस्व सङ्कलनको अवस्था गत आर्थिक वर्षको तुलनामा राम्रो भएको बताउँदै उनले राम्रा दिन आउनेतर्फ सकारात्मक हुनु पर्नेमा जोड् दिए ।
आर्थिक क्षेत्रमा देखिएका समस्याको समाधानका लागि सरकार लागि परेको बताउदै अर्थमन्त्री डा. महतले पर्यटनलाई समृद्धिको महत्वपूर्ण आधारका रुपमा लिइएको बताए ।
नेपालको पर्यटन विकासका लागि निजगढमा विमानस्थल बनाउनुपर्नेमा पनि मन्त्री महतको जोड थियो । “काठमाडौँको विमानस्थल साँघुरो छ, जहाज आकाशमै होल्ड गर्नुपर्ने अवस्था आउँछ । पोखरा र गौतमबुद्ध विमानस्थलका पनि आफ्नै सीमा छन् । देशमा पर्यटनको उल्लेख्य विकासका लागि निजगढमा विमानस्थल बनाउनै पर्छ ।” निजगढमा अन्तर्राष्ट्रिय विमानस्थलसँगै पूर्व-पश्चिम राजमार्ग, सिद्धार्थ राजमार्ग र पृथ्वी राजमार्गमा फास्टट्र्याक बनाउनुपर्नेमा अर्थमन्त्रीको जोड थियो ।
राष्ट्र बैङ्क र अर्थ मन्त्रालयले आर्थिक क्षेत्रलाई चलायमान बनाउन र उद्यमी, व्यवसायीलाई राहत दिन विभिन्न निणर्य गरेको उनको भनाइ छ । युवाको विदेश पलायन अस्वाभाविक भएको जनाउँदै उनले त्यसलाई नियन्त्रणका लागि केही न केही कदम चाल्नुपर्ने आवश्यकता औँल्याए ।


गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री दीपेन्द्रबहादुर थापाले धार्मिक पर्यटन, पर्वतारोहण, साहसिक पर्यटनजस्ता विभिन्न क्षेत्रमा गण्डकी प्रदेशको ठुलो सम्भावना रहेको औँल्याए । प्रदेश सभा सदस्य देवका पहारीले बैङ्क तथा वित्तीय संस्थाहरू नयाँ खालका मिटरब्याजी भएको आरोप लगाउँदै ऋण लिँदाको ब्याजदर दोब्बर बनाउँदा पनि नियामक निकाय चुप लाग्न नहुने बताईन् ।
नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले पोखराका लागि पर्यटन लाइफलाइन भएको भन्दै यसमा सरकारले ध्यान दिनु पर्ने बताए । उनले पर्यटन प्रवद्र्धनमा पर्यटन बोर्ड, नागरिक उड्डयन प्राधिकरण, पर्यटन मन्त्रालय, नेपाल वायसेवा निगमले सहयोग नगरेको बताए ।
परिषद्का पूर्व अध्यक्ष गोपिबहादुर भट्टराईले सरकारले पर्यटनमा बजेट विनियोजन भएपनि त्यो अनुसार प्रवद्र्धन गर्न नसकेको बताए । त्यसै गरी होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले पर्यटन क्षेत्र कहिले ढल्दै त कहिले उठ्दै यो अवस्थामा आएपनि अबका दिन कठिनपूणर् रहेको बताए । उनले विना पर्यटक व्यावसाय चलाईरहेको बताए । उनले व्यावसायी पलायनको बाटोमा रहेकोले त्यसलाई रोक्न सरकार लाग्नु पर्ने बताए ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले पछिल्लो समय पर्यटन क्षेत्र निकै नै समस्याग्रस्त अवस्थाबाट गुज्रेको बताउदै देशमा आएको उतारचढावले पर्यटनक्षेत्र नराम्ररी प्रभावित भएको बताए ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…